साउन ११, झापा। गौरादह नगरपालिका क्षेत्र मँगलबार देखि ६ दिन लकडाउन हुने भएको छ । नगर कार्यपालिका को आज बसेको बैठकले सो निर्णय गरेको हो ।
कोभिड १९ को संक्रमण बढ्दो अवस्थामा देखिएको र नजिकका पालिकाहरुमा गरेको बन्दावन्दीलाई समेत ध्यानमा राखी साउन १२ देखी १८ गते राती १२:०० बजे सममन नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण अनियन्त्रित बन्दै जाँदा गौरादह सहित झापाका ७ वटा स्थानीय तह सिल गरिएकाे छ । शिल हुनेमा बुद्धशान्ती, अर्जुनधारा, कन्काइ, शिवसताक्षी, दमक बिर्तामोड र गौरादह रहेकाछन् । झापाका बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई यसअघिनै सिल गरिएका छन् । सोमबारदेखि झापामा थप दुई पालिकाहरु दमक र शिवसताक्षीसमेत सिल गरिएको छ ।
त्यस्तै संक्रमण नियन्त्रणका लागि भन्दै बिर्तामोड नगरपालिकाले समेत साउन १३ गते राति १२ बजेबाट नगरपालिका सिल गर्ने निर्णय गरेको बुझिएको छ । शिवसताक्षी र दमक नगरपालिका भने सोमबार राति १२ बजेबाट सिल गरिने सबन्धित पालिका स्रोतले बताएका छन् ।