जेठ १८, गौरीगञ्ज । गौरीगञ्ज वडा नं १ को वडा समिति को हिजो बसेको पहिलो बैठकले कृषक हरुलाई एक बर्ष सम्म कृषि बिद्युत महसुल मिनाहा गर्ने निर्णय गरेको छ ।

वडाध्यक्ष कार्तिक लाल राजवँशी सहित वडा सदस्य हरु रामभक्त सुनुवार, रेखा राजवँशी कृष्ण महतो त दुर्गा परियार लगायतका जनप्रतिनिधि हरुले कार्यभार सम्हालेको दिन नै वडाध्यक्ष राजवँशीको अध्यक्षता मा वडा समिति को बैठक बसि सो निर्णय गरेको हो । बैठकले आउदो साउन १ गतेदेखि लागु हुने गरि २०८० असार मसान्तसम्म वडा भित्रका सबै कृषकका कृषि मिटर हरुको महसुल वडा कार्यालय ले तिरि दिने निर्णय गरेको हो ।

त्यसैगरि यस अघि वडा नं २ ले पनि पहिलो बैठक बाट वडा भित्रका कृषक हरुलाई एक बर्ष सम्म कृषि मिटर को ५० प्रतिशत महसुल बडा कार्यालय ले तिरिदिने निर्णय गरेको छ ।