माघ २६, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका बडा नं ३ को कार्यालय ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागि हरुले विकास निर्माण का कामदेखि प्रसासनिक काम कारवाही सम्मका समस्याहरुमा प्रश्न सोधेका थिए ।
पुर्व गाबिस अध्यक्ष घनश्याम रिजाल ले हुलाकी सडक निर्माण का क्रममा बजार क्षेत्र मा भएको जग्गा सम्बन्धि बिबाद एक बर्ष देखि बडाले मिलाउन किन नसकेको, गौरीगञ्ज- अल्ताबारी सडकमा गुणस्तरहिन काम हुदा वडा किन मौन रहेको र सहरी बिकास अन्तरगतका सडकहर मापदण्ड भन्दा साँघुरो वनाइएको प्रति वडाध्यक्ष प्रति गुनासो राखेका थिए । त्यसैगरी उद्योग वाणिज्य संघका सचिव श्रवण गिरी ले बधशाला निर्माणको काम अघि नबढेको प्रति गुनासो राख्दै अतिथि सदनको जग्गा बिबाद प्रति पनि गम्भिर प्रश्न उठाएका थिए । उनले कतै गाउँपालिका कै मिलेमतोमा सो जग्गा बिक्री वितरण हुन लागेको हो कि भन्ने आशँका व्यक्त गरेका थिए । राजनैतिक अगुवा निलहरी काफ्ले ले अहिलेसम्म दलित, सुकुम्बासी, महिला लगायतका समिति हरु बन्न नसकेको प्रति गुनासो गर्दै स्थानीय सरकार ले आफ्नोे अधिकार क्षेत्र भित्र का २२ वटा ऐन निर्माण गर्नु पर्नेमा हालसम्म शिक्षा र स्वास्थ्य सँबन्धी २ वटा ऐन मात्र बनाउन सकेको मा आपत्ति जनाएका थिए ।
सहभागिहरुले कृषिमा कम बजेट बिनियोजन गरिएको, एउटै सडकमा बारम्बार बजेट हालेको, योजना छनौटमा जनसहभागिता नगराएको, खानेपानी को पुरानो कर्मचारी ले तलब नपाएको, ठेकिटोलका केहि स्थानमा बिजुली को ट्रान्सफर्मर नपुगेको, केहि स्थानमा सडक बत्ती जडान नगरिएको हुलाकी सडक निर्माण मा एका तर्फ लाइ मात्र मार्का पर्नेगरी जग्गा काटेको फोहर व्यवस्थापन नभएको लक्षित बर्गको बजेट वडाध्यक्ष ले आफुखुसी खर्च गरेको, योजना को भुक्तानी लिन आउदा अनेकौ दुख ब्यहोर्नु परेको, भुस्याहा कुकुर व्यवस्थापन लगायतको समस्या हरुमा प्रश्न गरेका थिए ।
वडाध्यक्ष मखना महतो तथा वडा सचिव अजय शाहले सहभागिका प्रश्न हरुको जवाफ दिएका थिए । उनिहरुले सहभागिता सबै गुनासा तथा समस्या हरुको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वडाध्यक्ष महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य हेमा आचार्य ले स्वागत मन्तब्य राखेका थिए ।