कार्तिक १४, गौरीगञ्ज ।‌ लाईफ लाईन स्वास्थ्य बिज्ञान प्रतिष्ठान दमकमा अधययनरत बिद्यार्थी हरुले क्षयरोग को बारेमा प्रस्तुति दिएका छन् ‌ प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी मा आयोजित कार्यक्रममा उनिहरुले क्षयरोगको बारेमा आफ्ना प्रस्तुति हरु प्रस्तुत गरेका छन् ।

स्वास्थ्य निरुपण कार्यक्रम को माईक्रो हेल्थ प्रोग्राम अन्तर्गत रहेर उनिहरुले क्षयरोगको बारेमा आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

बिद्यार्थी हरुका तर्फबाट सञ्जय साह को सभापतित्वमा प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी मा आयोजित कार्यक्रममा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र, डा. बिबेक कर्ण, अभिनाश सिँह गन्गाई, प्रा स्वा के प्रमुख अनुप सेढाई लगायतको उपस्थिति रहेको थियो ।