साउन ३१ गौरीगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी गौरीगञ्जको सँयोजकमा पुन अर्जुन राहुत चयन भएका छन् । आज गौरीगञ्ज ६ खजुरगाछी स्थित शिवालय मनरदिरको सभाहलमा भएको पार्टीको भेलाले राहुतको सँयोजकत्वमा ७ सदस्यीय पालिका स्तरिय समिती गठन गरेको छ ।
भेलाले सह सँयोजकमा मेनुका श्रेष्ठ सचिवमा उद्वब गौतम कोषाध्यक्षमा सन्देश शर्मा र सदस्यहरुमा गणेश माझी बिरेन्द्रकुमार सिँह र रमेश सेढाइलाइ चयन गरेको छ । यस अघि राहुतकै सँयोजकत्वमा बनेको तदर्थ समितीले गौरीगञ्ज क्षेत्र हेर्दै आइरहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाइले कार्यक्रमलाइ सँबोधन गर्ने भनिएपनि प्लेन डिले भएकाले प्रसाइ काठमाण्डौबाट आउन नसकेको कुरा सँयोजक राहुतले बताएका छन् । कार्यक्रममा प्रसाइ लगायतका केन्द्रिय नेताहरु आउने भनि मँगलबार देखि नै माइकिङ लगायतका प्रचार प्रसार गरिएको थियो ।