असोज १४, गौरीगञ्ज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत पार्टीको पालिका समिति सचिब पदमा निर्वाचित बहालवाला दुइ प्रधानाध्यापक हरु बिरुद्ध उजुरी दर्ता भएको छ । शिक्षा ऐन र नियमावलीमा बिपरित गत १० गते गौरीगञ्ज गाउँपालिका मा नेपाली काँग्रेसको अधिबेशन चुनाबमा पार्टीको सचिव पदमा निर्वाचित बहालवाला प्रधानाध्यापक हरु गोपाल प्रसाद ताजपुरिया र हरिलाल यादब बिरुद्ध जिल्ला शिक्षा समन्वय ईकाई र जिल्ला प्रसाशन कार्यालय झापामा उजुरी दर्ता भएको छ ।

गत १० गतेको पालिका स्तरीय अधिबेशन मा सचिव पदमा ताजपुरिया र यादबकै प्रतिद्वन्द्वी का रुपमा चुनाब लडेका भवानी काफ्लेले प्रधानाध्यापक द्वय ताजपुरिया र यादब बिरुद्ध उजुरी दर्ता गरेका हुन् ।

शिक्षा समन्वय ईकाई मा दर्ता भएको उजुरी
जिल्ला प्रसाशन कार्यालयमा दर्ता भएको उजुरी

उजुरीमा भनिएको छ – नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ५ प्रदेशसभा क्षेत्र नं. क गौरीगंज गा पा स्तरीया पार्टिको मिति २०७८/०६/१० गते सम्पन्न गा.पा. स्तरिय अधिवेशनमा गौरीगंज आधारभुत विद्यालय गौरीगंज ३ गौरीगंज प्रधानाध्यापक हरिलाल यादव र जनकल्याण आधारभूत विद्यालय गौरीगंज २ का प्रधानाध्यापक गोपाल प्रसाद ताजपुरिया नेपाली कांग्रेस गौरीगंज गा.पा स्तरिया समितिको सचिव पदमा उठि निर्वाचित समेत हुनुभएको छ । सरकारी तलव सुविधा लिएर विद्यालयको काम गर्नु पर्नेमा सो नगरि राजनितिक दलको अधिवेशनमा भाग लिई कार्य समितिमा समेत निर्वाचित हुनु भएको हुँदा निजहरु दुवैजनालाई शिक्षा ऐन २०२८ को दफा १६ङ को उपदफा ५ को छ बमोजिम कार्वाहि गरि पदमुक्त गरिपाउन निजहरु निर्वाचित भएको प्रमाण समेत साथै राखि यो निवेदन गरेकोछु । तसर्थ निज दुवै शिक्षकहरुलाई कानून बमोजिम कार्बाहि गरि पदमुक्त गरिपाऊन अनुरोध गर्दछु ।

शिक्षा ऐन २०५८ को दफा १६ को उपदफा ५ को नियम छ मा सामुदायिक विद्यालय का शिक्षक कर्मचारी हरु कुनैपनि राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षक वा कर्मचारी लाई पदबाट हटाइने व्यवस्था गरिएको छ । त्यसैगरी शिक्षा नियमाली, २०५९ संसोधन सहितको परिच्छेद २३ नियम १३८ को उपनियम (१) सामुदायिक विद्यालय का शिक्षक वा कर्मचारी ले कुनै राजनैतिक दलको कार्यकारिणी पदमा रहेको पाईए नोकरी बाट हटाउने वा बर्खास्त गरि कारवाही गरिने व्यवस्था छ ।

प्रधानाध्यापक द्वय बिरुद्ध मँगलबार नै उजुरी दर्ता भएपनि जिल्ला शिक्षा समन्वय ईकाईले कार्वाही प्रकृया अगाडी बढाएको छैन । यस बारे गौरीगञ्ज दर्पण डटकम ले फोन मार्फत बुझ्न खोज्दा जिल्ला शिक्षा समन्वय ईकाई का प्रमुख राजकुमार बिकले प्रअ द्वय बिरुद्ध उजुरी परेकाले कारवाही प्रक्रिया अघि बढाइने बताएका छन् । उजुरी परेका प्रधानाध्यापक हरु पदमुक्त होलान त भन्ने प्रश्नमा प्रमुख बिकले कानुनमा व्यवस्था भएबमोजिम छानबिन अघि बढाइने बताएका छन् ‌ । यद्यपि उनले शिक्षा ऐन र नियमावलीमा ब्यबस्था भए अनुसार को कारबाही हुन्छ कि हुदैन भन्ने प्रश्नमा आलटाले जवाफ दिएका छन् ।

गौरीगञ्ज गाउँपालिका ले जारी गरेको स्थानीय शिक्षा सँबन्धी ऐनको परिच्छेद ४ को धारा २३ को च मा समेत शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्यभई कार्यालय समयमा राजनीतिक गतिविधि गरेको पाइएमा, कार्वाहीको लागि सिफारिस गरिने कुरा उल्लेख गरिएको छ । यद्यपि प्रधानाध्यापक द्वय ले चुनाब जिते लगतै शिक्षा शाखा गौरीगञ्ज का अधिकृत केशव भट्टराई ले स्थानिय ऐन र केन्द्रीय ऐन बमोजिम प्रअ द्वयलाई कारवाहिको सिफारिस गर्नुको साटो सामाजिक सञ्जालमा प्रधानाध्यापक द्वय लाई बधाई दिएका थिए । पछि उनले सो बधाई दिएको स्टाटस हटाएका छन् ।

गौरीगञ्ज गाउँपालिका को स्थानीय ऐनामा भएको ब्यबस्था
शिक्षा शाखा का अधिकृत भट्टराई ले बधाई दिएका स्टाटस

शिक्षा शाखा गौरीगञ्जका प्रमुख शुसिल दाहालले कारवाही गर्ने अधिकार आफुहरुलाई नभएका जिल्ला बाट आदेश भए बमोजिम कारवाही हुने वताएका छन् ।

यो पनि पढ्नुहोस्