रबिन्द्र बराल ।
माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको श्री महर्षि मेही प्राथमिक विद्यालय मा राउण्ड टेलव द्वारा नवनिर्मित भवन एक कार्यक्रम काे आयोजना गर्दै हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलीप बगडिया, राउण्ड टेवल अन्तरराष्ट्रियका अध्यक्ष श्री डिके सिंह, राउण्ड टेवल नेपालका राष्ट्रिय अध्यक्ष सौरम केडिया, स्थानिय, बुदिजिवि लागायत काे उपस्थिति समेत रहेको थियो । राउण्ड टेवल अन्तरराष्ट्रियका अध्यक्ष श्री डिके सिंह र मेयर दिलिप बगडिया ले नवनिर्मित भवन मा रिवन काटेर हस्तान्तरण गरेका थिए । साेहि कार्यक्रममा मेयर ले साे बिधालय मा ५ लाख रुपैयाँ समेत सहयोग गर्ने प्रतिवध्यता जनाएका छन । साे विद्यालय मा २ सय बिद्यार्थी अध्ययन गरिरहेका छन्। भवन निर्माण कार्याका लागि १३ लाख बराबर खर्च भएको सेन्ट्रल राउण्ड टेबुल का अध्यक्ष कपिल अग्रवाल ले जानकारी दिए । स्थापना समयदेखि न‌ै विद्यालय मा राउण्ड टेबुल ले ५० लाख बराबरको खर्च समेत गरि सकेको राउण्ड टेबुल का अरुण तोदि ले जानकारी दिए ।