रतुवाको पानी बस्तिमा पस्दा गौरादह टँगुवा बस्तिका २५ परिवार बिस्थापित

गौरादह, ६ असार २०७९ । आईतबार को अविरल वर्षाका कारण रतुवा खोलामा बाढीआई गौरादह र दमकमा ३८ घर डुवानमा परेका छन् । गौरादहका करिब २५ घर डुबानमा परेका छन् भने दमकका १३ परिवार बिस्थापित भएका छन् । आइतबारको अबिरल वर्षाका कारण रतुवा खोलामा आएको बाढी आउँदा गौरादह ६ टँगुवा बस्ति र दमक -७ को रेडक्रस भवन पछाडीको बस्तीमा कटान गरेको हो ।

विस्थापितहरुलाई नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।‌ त्यस्तै गौरादह टँगुवा बस्तिमा पानीको सतह घट्न थालेपछी मानिसहरू आफ्नै घरमा फर्किन् थालेको बुझिएको छ ।

अघिल्लो लेखमाआजदेखि गौरीगञ्ज दर्पण डटकम सफलताको पाचौँ बर्षमा प्रवेश
अर्को लेखमागौरीगञ्जको शिक्षा समिति सँयोजकमा गाउँपालिका प्रमुख