मँसिर ७, गौरीगञ्ज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत केन्द्रीय महाधिवेशन प्रतिनिधि मा गौरीगञ्जका एक बहालवाला वडाध्यक्ष आफ्नै वडाका एक युवा सँग नराम्रो सँग पराजित भएका छन् । उद्योग वाणिज्य संघ को अध्यक्ष समेत रहेका गौरीगञ्ज वडा नँ ३ का वहालवाला वडाध्यक्ष मखना महतो लाई उनकै वडा का युवा नेता निरज अग्रवालले ७६ मतको अन्तरले हँराएका छन् ।
काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि दुबैले अल्पसंख्यक कोटाबाट उम्मेदवारी दर्ता गराएका थिए । हिजो गौरादह मा सम्पन्न भएको पार्टी को निर्वाचन मा अग्रवालले २७७ मत पाएका थिए भने वडाध्यक्ष महतोले २०१ भोट मात्र पाएका थिए । युवा नेता अग्रवाल युवा पुस्ता माझ निकै लोकप्रिय छन् । महतो बाहेक गौरीगञ्ज गाउँपालिका का बहालवाला उपाध्यक्ष दिपेन्द्र थापा पनि खुल्ला महाधिवेशन प्रतिनिधि तर्फ पराजित भएका छन् ।
पछिल्लो समयमा आफ्नोे स्वार्थ पुर्ति का लागि वडाध्यक्ष महतोले आफ्नो वडा भित्र बहुप्रतिक्षित हुलाकी राजमार्ग को स्वरुप नै बिगारेका मा सामाजिक सञ्जालमा उनको निकै आलोचना हुँदै आएको छ भने उनले नेतृत्व गरेको उद्योग वाणिज्य संघ गौरीगञ्ज शाखाको पनि बिगत लामो समय देखि लेखा परीक्षण नभएको कुरा उद्योग वाणिज्य संघ कै सदस्य हरुले बताएका छन् ।