मोटरसाईकल दुर्घटना परि गौरीगञ्जमा एकको मृत्यु

पढ्न समय: 1 मिनेट

मोटरसाईकल दुर्घटना परि गौरीगञ्जमा एकको मृत्यु

फागुन १३, गौरीगञ्ज । झापाको गौरीगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । वडा नँ १ कुन्जीबारीबाट शिवगञ्ज तर्फ जाँदै गरेको मोटर साइकल अनियन्त्रित भइ सडक छेउको पिल्लरमा ठोक्किदा शिब सताक्षी ४ का स्थानीय सुरज राजवँशीको ज्यान गएको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

आज दिउँसो करिब १ बजे हुलाकी राजमार्ग अन्तर्गत कुञ्जिबारीबाट धानगडा तर्फ जादैं गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडको बाया साइडमा रहेको पिल्लरमा ठोकिएको थियो । सो दुर्घटनामा १७ वर्षका राजवंशीको नाक, अनुहार र टाउकोमा चोट लागेको थियो । उपचारका लागि दमक अस्पताल दमक तर्फ पठाइएकोमा सवा २ बजे उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्