
साउन ४ गौरीगञ्ज । साउनको पहिलो सोमबार गौरीगञ्ज ६ खजुरगाछी स्थित शिवालय मन्दिर मा असुरक्षित भिडभाड देखिएको छ । शिवालय मन्दिर मा पुजा गर्ने हरुको भिडमा उपस्थित अधिकाँश ब्यक्ति हरुले मुखमा मास्क समेत लगाएका थिएनन् । मन्दिरमा भिडभाड देखिएपनि त्यहा भिड व्यवस्थापन गर्न कुनै सुरक्षा कर्मी को उपस्थिति देखिएन ।
मन्दिरमा मात्र हैन केहि समय यता गौरीगञ्ज बजारमा समेत भिडभाड वढ्दै गएको छ भने अनुगमन नहुदा पसलहरुमा न त सुरक्षाको मापदण्ड पुरा गरिएको छ न त किनमेल गर्न आउनेहरुले मास्कनै लगाउने गरेकाछन् ।
कोरोना सँक्रमण दर केहि मन्थर भएको बेला मन्दिरमा देखिएको असुरक्षित भिडभाड ले सँक्रमण फैलिने त्रास देखिएको कुरा स्थानिय हरुले बताएका छन् ।
हिजो मात्रै गौरीगञ्ज गाउँपालिका मा कार्यरत एक कर्मचारी मा सँक्रमण पुष्टि भएको छ । सँक्रमित कर्मचारी हिजो सँक्रमण पुष्टि हुनु केहिबेर अघि सम्म कार्यालय नाकाम गरिरहेका थिए ।