मँसिर १५ गौरीगञ्ज । नापी बिभागले जग्गाको बर्गिकरण बिना जग्गा खरिद बिक्रीका नक्सामा कित्ता काट रोकेको झण्डै ६ महिना पछी गौरीगञ्ज गाउँपालिका ले जग्गा बर्गिकरणका लागि बल्ल जुर्मुराएको छ । गाउँपालिकाले यसै सन्दर्भमा बिहिबार कृषि तथा गैरकृषि जग्गा बर्गिकरण बिषयक स्थानिय सरोकारवाला तथा राजनैतिक दलका अगुवाहरु सँग अन्तरकृया गरेको छ ।
भु उपयोग एन २०७६ अनुसार हरेक पालिका भित्रका जग्गाहरुलाइ कृषि क्षेत्र¸औध्योगिक क्षेत्र ¸आवासिय क्षेत्र ¸ब्यावशायिक क्षेत्र¸ खानी तथा खनिज क्षेत्र¸बन क्षेत्र¸नदि खोला ताल सिमसारक्षेत्र¸सार्वजनिक उपयोग क्षेत्र¸साँस्कृतिक तथा पुरातात्विक क्षेत्र र नेपाल सरकार बाट आवश्यक्ता अनुसार तोकिएको अन्य क्षेत्र गरि जग्गा १० बर्गमा बर्गिकरण गरि स्थानिय भु उपयोग सँबन्धी निति तथा एनहरु बनाएर राजपत्रमा प्रकाशित गरेपछी सोहि अनुसार किताकाट हुने भएपछी गौरीगञ्ज गाउँपालिकाले यस सँबन्धी अन्तर्कृया चलाएको हो ।

नापी कार्यालय दमकका प्रमुख नापी अधिकृत बिकाश कर्ण तथा मालपोत कार्यालय दमकका प्रमुख हिमालय प्रसाद बरालको उपस्थितीमा भएको कार्यक्रममा नापो अधिकृत कर्णले स्थानिय तहले जग्गाको बर्गिकरण नगरेसम्म कित्ताकाट गर्न नमिल्ने भएकाले स्थानिय तहले मापदण्ड अनुसार चाँडो भन्दा चाँडो जग्गा बर्गिकरण गरि यस सँबन्धि निती तथा कार्यबिधि तयार गर्नु पर्नेमा जोड दिएका थिए । त्यसै गरि अन्तरकृयामा सहभागि सरोकारवालाहरुले गौरीगञ्जलाइ नेपाल सरकारले नै नयाँ शहर तथा स्मार्ट सिटीका रुपमा बिकाश गर्न योजना ल्याइ रहेका ले गाउँपालिकाले हचुवाको भरमा भु उपयोग बर्गिकरण तथा कार्यबिधि बनाउन नहुनेमा जोड दिएका थिए । उनिहरुले स्थानिय सरोकारवाला तगथा बिज्ञहरुसँग ब्यापक छलफल तथा परामर्श गरेर मात्र जग्गाको बर्गिकरण तथा भु उपयोग कार्यबिधि बनाउनमा गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।
गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले गौरीगञ्जको जग्गा बर्गिकरणका लागि स्थानिय सरोकारवालाहरु सँग छलफल र परामर्श बाट नै कार्यबिधि बनाइने बताएका थिए ।
अन्तरकृयामा गौरीगञ्ज गाउँपालिकाका पुर्व अध्यक्ष बाबुराजा श्रेष्ठ पुर्व उपाध्यक्ष दिपेन्द्र थापा पुर्व गाबिस अध्यक्ष घाश्याम रिजाल देवी राजवँशी महाभारा गाबिसका पुर्व अध्यक्ष बिजय अग्रवाल लगायत राजनैतिक दलहरुका स्थानिय प्रतिनिधिहरु तथा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । जनतासँग प्रत्यक्ष सँबन्ध जोडिएको बिषयको अन्तरकृया भएपनि सबै वडाध्यक्षहरु आधा कार्यक्रम बाटै बाहिरिएका थिए ।