माघ २ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका बडा नं १ स्थित भन्सार बजारमा टहरा निर्माण हुने भएको छ । सँघिय सरकार को सहयोगमा रु ३० लाखको लागतमा बन्न लागेको टहरा को शुक्रबार बिहान वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी ले शिलान्यास गरेका छन् ।
टहरा निर्माण उपभोक्ता समिती का अध्यक्ष भोला राजवंशी को सभापतित्व र वडा नं १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी को प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य भिम राजवंशी , पुर्व गाबिस उपाध्यक्ष नरराज थेवे, समितिका सचिव टँकमणि राइ कोषाध्यक्ष माया खेवा, जेष्ठ नागरिक बमबहादुर घिसिङ धनपति पौडेल लगायतको उपस्थिती रहेको थियो ।
वडाध्यक्ष राजवँशीले टहरा निर्माण कार्य समयमै सम्पन्न गर्न उपभोक्ता समिती लाइ सुझाव दिएका थिए ।