ब्यक्तिगत घटना दर्ता शिविर बाट गौरीगञ्जमा २ सय ४ जनाले पाए सेवा

पढ्न समय: 1 मिनेट

असार २५ गौरीगञ्ज । गत असार २२ गतेदेखि गौरीगञ्जमा शुरु भएको व्यक्तिगत घटना दर्ता शिविर बाट २ सय ४ जना सेवाग्राही ले सेवा लिएका छन् । २२ गते देखि २५ गते सम्म गौरीगञ्जका ६ वटै वडा हरुको बिभिन्न स्थानमा दर्ता शिविर बसेको थियों ।

- Advertisement -
Ad image

शिविर बाट वडा नं १ मा ४० जना, वडा नँ २ मा ४१ जना वडा नं ३ मा ३५ जना,वडा नं ४ मा १३ जना, वडा नं ५ मा ३४ जना र वडा नँ ६ मा ४१ जनाले सेवा लिएको कुरा पञ्जिकरण ईकाई गौरीगञ्जका प्रमुख राजकुमार राजवंशी ले बताए ।‌ जसमध्ये सबैभन्दा बढि जन्म दर्ता सेवा लिएको कुरा प्रमुख राजवंशी ले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्