बिद्यार्थीहरुले परीक्षा बहिस्कार गरेपछी सर्यो गौरीगञ्ज क्याम्पसको प्रयोगात्मक परीक्षा
जेठ २८ गौरीगञ्ज । गौरीगञ्ज क्याम्पसले हिजो दुइ खाले परीक्षा रुटिन सार्वजनिक गरेर बिद्यार्थीहरुलाइ अन्यौलमा पारेपछी आज बिद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका छन् । बिहान ७ बजे भेला भएका स्नातक तह चौथो बर्षका बिद्यार्थीहरुले आज लिने भनिएको परीक्षा बहिस्कार गरेका छन् ।
हिजो बिहान सहायक प्रमुख भक्त भण्डारीले असार १ गते र ५ गते प्रयोगात्मक परीक्षा लिने हस्त लिखित रुटिन बिद्यार्थीहरुलाइ दिएको तर बेलुकी ५ बजे क्याम्पसले २७ गते २८ गते र ३० गते परीक्षा लिने रुटिन सार्वजनिक गरेको थियो ।
२७ गते बिहान ७ बजे हुने भनिएको परीक्षाको रुटिन २७ गते बेलुकी ५ बजे प्रकाशित भएपछी बिद्यार्थीहरु आक्रोसित भएका थिए । यस अघि क्याम्पसले परीक्षाको रुटिन नै सार्वजनिक गरेको थिएन । परीक्षा हुनु भन्दा केहि दिन अघि रुटिन प्रकाशित हुनु पर्ने र परीक्षाको तयारी गर्न पाउनु पर्ने बिद्यार्थीहरको माग थियो ।
क्याम्पस प्रसाशनले पेलेरै लान खोजे पछी केहि बेर बिबाद भएको थियो । स्वबियु सँगको सहमती पछी क्याम्पसले केहि दिन परीक्षा सार्ने भएको छ । नयाँ तालिका अनुसार प्रयोगात्मक परीक्षा जेठ ३१ गते देखि लिने सहमती भएको का स्वबियु सभाती रोशन यादवले जनाएका छन् ।