बाह्रदशी वडा नँ १ मा काँग्रेसको प्यानल नै विजयी

पढ्न समय: 1 मिनेट

नेपाली कांग्रेसले झापामा बाह्रदशी गाउँपालिकाबाट बिजयी सुरुवात गरेको छ । बाह्रदशी वडा नम्बर १ मा कांग्रेसले वडा अध्यक्षसहित सबै सदस्य जितेको छ । कांग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्ष टेक बहादुरसिंह राजवंशी १६ मत अन्तरले विजयी भएका हुन् ।

राजवंशीले ५७९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका शम्भु सिंह राजवंशीले ५६३, राप्रपाका तेज बहादुर राईले ५३९ र माओवादी केन्द्रका भूमिराज थापाले ५३७ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा कांग्रेसकै विजयप्रसाद अधिकारी, सम्पातलाल गिरी, निर्मला राई र गायत्री ऋषिदेव विजयी भएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्