
भदौ ५, गौरीगञ्ज । अहिलेका चर्चित समकालिन गायक द्वय बलबहादुर राजवँशी र अस्मिता अधिकारी को स्वरमा नयाँ म्युजिक भिडियो आउन लागेको छ । मनकी मञ्जरी बोलको सो गीतको म्युजिक भिडियो यहि भदौ ७ गते सोमबार गायक बलबहादुर राजवँशी को अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिने कुरा गायक राजवँशीले बताए ।

म्युजिक भिडियोमा राजकुमार क्षेत्री र गरिमा शर्मा को अभिनय रहनेछ भने म्युजिक भिडियोमा निकेश खड्काको निर्देशन रहनेछ ।
रमेश मास्कको शब्दमा सजिएको गीतलाई गायक राजवँशीले नै लयबद्ध गरेकाछन् ।