फागुन १७, गौरीगञ्ज ।‌ झापाको गौरीगञ्ज गाउँपालिकाले आयोजना गरेको वडा स्तरीय क्रिकेट प्रतियोगिता वडा नँ ६ ले जितेको छ । मँगलबार भएको वडा नं २ र ६ बिचको फाइनल खेलमा वडा नं ६ ले १० ओभरमा ८४ रन बनाउदै प्रतियोगिता को प्रथम उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ रोजेको वडा नं ६ ले १०ओभरमा ८४ रनको टार्गेट दिएकोमा वडा नँ २ ले जवाफि खेल खेल्दै १० ओभरमा ८० रन मात्र बनाउन सकेका थिए ।

वडा नं ६ का जनम भुजेल म्यान अफ दि म्याच घोषित भएका छन् उनले १८ रन बनाउदै ३ बिकेट लिएका थिए ।‌

यसैगरी आजको छनौट चरणको वडा नँ २ र ३ बिच र वडा नँ ४ र ६ बिच भिडन्त भएको थियो ।

बिजेता टिमलाई २७ गते भव्य कार्यक्रमको आयोजना गरी नगद सहित पुरस्कृत गरिने कुरा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजक समितिका सदस्य सचिव भवानी काफ्लेले जानकारी दिए ।