फेरि ब्युताइदै क्वारेन्टाइन

पढ्न समय: 2 मिनेट

चैत ११, झापा । केहि समयदेखि बन्द गरिएका झापाका क्वारेन्टाइन र आइसोलेशन केन्द्रलाई फेरि तयारी अवस्थामा राख्ने निर्णय भएको छ । मंगलवार जिल्ला कोभिड– १९ विपद् ब्यवस्थापन केन्द्र झापाको बैठकले जिल्लामा पहिले सञ्चालनमा रहेका क्वारेन्टाइन र आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

संघीय सरकारको निर्देशन अनुसार कोभिड १९ को जोखिम नियन्त्रणका लागि ६ बुँदे निर्णयहरु गरेको प्रजिअ तिम्सिनाले बताए । ‘जुनसुकै बेला क्वारेन्टाइन र आइसोलेशन केन्द्रको प्रयोग गर्नुपर्ने हुन सक्छ त्यसैले तयारी अवस्थामा राख्न स्थानीय तहलाई अनुरोध गरेका छौं ।’

- Advertisement -
Ad image

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने जो कोहीलाई अनिवार्य स्वास्थ्य परिक्षण गरेर मात्रै प्रवेश गर्न दिने र नेपाल प्रवेश गर्ने सबैको अभिलेख राख्ने ब्यवस्था गरिएको छ ।
बैठकले कोभिड १९ संक्रमणको अवस्थालाई ध्यानमा राखी नजिकै आइरहेको पर्वमा समेत भिडभाड नगर्न नगराउन सबैलाई अनुरोध गरेका छ । त्यस्तै अनिवार्य मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन समेत पनि सबैलाई अनुरोध गरेको प्रजिअको भनाई छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको र खुला सिमानाका कारण नेपालमा पनि उच्च जोखिम देखिएकाले संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक सावधानी सहितका निर्णयहरु गरिएको कुरा बताएकोछ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्