
प्रिती पासवानको कार्यक्रममा अत्याधिक भिड : ३ जना घाइते
माघ १७ गौरीगञ्ज । गौरीगञ्जमा जारि आदिबासी जनजाती महोत्सबमा हिजो बुधबार थेगि नसक्नुको भिड देखिएको छ । महोत्सबमा कलाकार प्रिती पासवान आउने भएपछी कार्यक्रममा अत्याधिक भिड देखिएको हो ।
महोत्सब स्थलमा अत्याधिक भिड भएपछी मेलामा ठेलाठेल भएर ३ जना घाइते भएको कुरा आयोजकले जनाएको छ । घाइते हुनेमा एक जना २० बर्षिय महिला एकजना १६ बर्षिय किशोरी र एक जना १५ बर्षिया बालिका रहेको र उनिहरुलाइ सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ । उनिहरुलाइ गौरीगञ्ज आधारभुत आस्पतालमा उपचार गरि राती नै घर पठाएको प्रहरीले जनाएको छ ।
बुधबार राति प्रिती पासवान आउने भएपछी साँझ ५ बजेदेखि नै महोत्सब स्थलमा भिडको माहौल देखिएको थियो । कार्यक्रम शुरु भइ सक्दा समेत महोत्सब गेट अगाडीको बाटोमा खुट्टा टेकी नसक्नुको भिड देखिएको थियो । अत्याधिक भिडका कारण टिकट काउन्टर र गेटमा थेगि नसक्नुको चाप बढेपछी पासवानको प्रस्तुती शुरु भएको केहिबेरमा पुरै गेट खोलेर फ्रि टिकट बनाइएको थियो । अत्याधिक भिडका कारण महोत्सब स्थलको दक्षिण पट्टीको गेट भत्किएको छ । ३ जना सामान्य घाइते भएपनि प्रहरीको कडा निगरानी का कारण राति कुनै अप्रिय घटना हुन नपाएको प्रहरीले जनाएको छ ।
कलाकार प्रिती पासवान भोजपुरी नृत्यका कारण भाइरल छन् भने उनको प्रस्तुती हेर्न हिजो गौरीगञ्ज आसपास लगायत बिशेष गरि सीमाबर्ती भारतका बिभिन्न क्षेत्रहरुबाट ठुलो सँख्यामा दर्शकहरु गौरीगञ्ज ओइरिएका थिए । राति करिव ९ बजेदेखि प्रस्तुती दिन थालेकी कलाकार पासवानले मञ्जमा एउटा नेपाली एउटा हिन्दी र आधा दर्जन भोजपुरी नृत्यहरु प्रस्तुत गरेर दर्शकहरुलाइ मनोरञ्जन दिइन् ।बाटो र मञ्च अगाडि दर्शकको भिडलाई व्यवस्थित गर्न प्रहरी लाई हम्मे हम्मे परेको थियो ।
भिडमा उछृङ्खल गतिबिधि हुन थालेपछी १० नबज्दै आयोजकले कार्यक्रम टुँग्याएका थिए ।