गायन कला तर्फ पहिलो कोच स्टारको उपाधी झापा बाह्रदशी गाउँपालिका कि रिता राजबँशीले जितेकी छन् । उपाधी सँगै उनले उत्तम चियाको तर्फ बाट नगद रु २० हजारको चेक, सहित एउटा गीत रेकर्ड र म्युजिक भिडियो बनाउने अबसर जितेकी छन् ।

बिजेता रिता राजवँशी

यसै गरि मोरङ रतुवा माई का योगेन ताजपुरिया ले फर्स्ट रनरअप को उपाधि जितेका छन् । उपाधी सँगै उनले पाथीभरा गृल उद्योग का तर्फ बाट नगद रु १० हजारको चेक, एउटा गीत रेकर्ड गर्ने र म्युजिक भिडियो बनाउने अबसर जितेका छन् भने रेशमीका राजवँशीे सेकेन्ड रनरअप को उपाधि जितेकि छन् । उनले उपाधि सँगै अमन्तिकाा फोटो स्टुडियो को तर्फ बाट नगद रु ५ हजार सहित एउटा गीत गर्ने र म्युजिक भिडियो बनाउने अबसर जितेकि छन् । बिन्दास राजवँशी ले कोच स्टारको तेस्रो रनरअप को उपाधि जितेका छन् । उपाधी सँगै उनले गौरीया प्राबि का तर्फ बाट नगद रु २ हजार ५ सय, शक्ति ईन्टरलक का तर्फ बाट रु ५ हजार र गीतकार गोपाल राजवंशी का तर्फ बाट एउटा गीत रेकर्ड गर्ने अबसर जितेका छन् ।

उपाधी बिजेता रिता राजवँशी

गत वर्ष देखि अनलाइन मार्फत शुरु भएको कोच भाषि समुदायकै सबै भन्दा ठुलो गायन प्रतियोगिता “कोच स्टार सिङ्गिङ् कम्पिटिसन २०७८ को आज हजारौ दर्शकको उपस्थिति मा ग्राण्ड फिनाले भएको छ । प्रतियोगितामा छनौटमा परेका अन्तिम टप फाइभ प्रतिस्पर्धी हरु बिच गौरीगञ्जको खुला मञ्चमा अन्तिम प्रतिष्पर्धा भएको हो ।

फर्स्ट रनरअप योगेन ताजपुरिया
सेकेन्ड रनरअप रेशमीता राजवँशी
थर्ड रनरअप बिन्दास राजवँशी

कार्यक्रम झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ३ स्थित दन्तकाली मन्दिर छेउ खुला मञ्चमा सम्पन्न भएको छ भने कार्यक्रममा प्रतियोगिता का ५ प्रतिस्पर्धी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गौरीगञ्जको मञ्च तताएका छन् । कार्यक्रमको आकर्षण का रुपमा राष्ट्रिय कलाकार श्री कृष्ण लुईटेल (बोके दाह्री) लगायत भाइरल डान्सर ओजस्वी सेढाई, कोच भाषि कलाका हरु बलराम राजवंशी, बलबहादुर राजवँशी, राम राजवँशी, भविन ताजपुरिया, बन्दना राजवँशी, बिनिता ताजपुरिया, प्रमोद राजबँशी लगायतको प्रस्तुति रहेको थियो ।

आयोजक समिति का अध्यक्ष प्रमोद राजबँशी को अध्यक्षता र गौरीगञ्ज गाउँपालिका का प्रमुख बाबुराजा श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका मेयर रोहित साह, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान का सचिव कमल राजबँशी, ताजपुरिया समाज कल्याण परिषद का अध्यक्ष गँगाराम ताजपुरिया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बिजेता हरु

कार्यक्रम लाइ गौरीगञ्ज गाउँपालिका ले। मुख्य प्रायोजन गरेका थिए भने गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, बाह्दशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, झापा गाउँपालिका, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र कचनकबल गाउँपालिका ले सह प्रायोजन गरेका थिए । त्यसैगरी गोर्खा ब्रुअरी, उत्तम चिया, शक्ति ईन्टरलक, पाथीभरा गृल, बिद्या बुक्स, शुभ जोन होटल, प्रार्थना होटल, स्वागतम होटल, हाम्रो बजार, ए वान मार्ट, बिट्स रेकर्डिङ, स्पार्क मिडिया, गौरीया प्राबि, आमन्तिका फोटो एण्ड किचन गिफ्ट, ले प्रायोजन गरेका थिए ।

कार्यक्रम लाइ दक्षिण झापाको लोकप्रिय अनलाईन गौरीगञ्ज दर्पण डटकम ले आफ्नोे अफिसियल फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरेका थिए ।