बैशाख १३ गौरीगञ्ज । अघिल्लो स्थानीय तहको चुनाव मा गौरीगञ्ज गाउँपालिका वडा नं १ बाट सबैभन्दा बढी मत प्राप्त गरि बिजयी भएका वडा सदस्य टँक श्रेष्ठ ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठ नेपाली काँग्रेसको तर्फ बाट अघिल्लो स्थानीय तहको चुनाव मा वडा नँ १ मध्ये कै सदस्य हरु मा सबैभन्दा बढि मत प्राप्त गरि बिजयी भएका थिए ।
पार्टी भित्र जातिबाद हावी भएको र पार्टी भित्रै केहि पदाधिकारी हरुले सिन्डिकेट खडा गरि राम्रा लाई भन्दा आफ्नालाई टिकट दिएको कुरा बताएका छन् । अन्तिम समय सम्म गठबन्धन को बहाना गरि आफुहरुलाई अल्मल्याएको र मनोनयन दर्ता को अन्तिम घडिमा झुक्याएर अरुलाई टिकट बाँडे पछी आफुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको कुरा उनले गौरीगञ्ज दर्पण डटकम लाई बताएका छन् ।
आसन्न स्थानीय तहको चुनाव का लागि नेपाली काँग्रेसले अन्तिम अवस्थामा टिकट नदिएपछि उनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनि वडा नं १ मा लोकप्रिय वडा सदस्य हुन् । उनले वडामा खोप केन्द्र बनाउन चौरी बस्ती मा रु १५ लाख बराबरको १९ धुर जग्गा दान दिएका थिए भने सोहि जग्गामा अहिले खोप केन्द्र भवन निर्माण भइरहेको छ । पछिल्लो गौरीगञ्जको स्थानीय सरकार मा जनताको सेवा मा सबैभन्दा सक्रिय वडा नँ १ कै वडा सदस्य हरु थिए भने वडा सदस्य हरु कै सन्तुलित सहकार्य का कारण वडा नँ १, पछिल्लो ५ बर्ष सम्म सबै भन्दा कम बिबादित रह्यो । वडा सदस्य हरु कै सहकार्य का कारण गौरीगञ्ज वडा नँ १ गौरीगञ्ज गाउँपालिका मध्ये कै सबैभन्दा धेरै योजना सम्पन्न गराउन सफल भएका थिए ।