फागुन २७, गौरीगञ्ज । नेपाल राष्ट्रिय शिक्षक संगठन गौरीगञ्ज गाउँ पालिकाको दोस्रो गाउँ समितीको अधिवेशन बुधवार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय परिषदका केन्द्रीय सदस्य तथा शिक्षक साकोस झापाका अध्यक्ष नारायणप्रसाद गौतमको प्रमुख अतिथ्यतामा भएको अधिवेशनले नया नेतृत्व समेत चयन गरेको छ । अधिवेशन बाट: भिम बहादुर कार्कीलाई अध्यक्ष पदका लागि चयन गरिएको छ । त्यसैगरी महिला उपाध्यक्षमा सुशिला राय ढ्काल उपाध्यक्षमा बरुण कुमार राजबन्शी सचिबमा घनश्याम गौतम कोषाध्यक्षमा युबराज खतिवडा सहसचिबमा सन्ध्या ताजपुरिया सह कोषाध्यक्षमा ;लिला ढुङाना भट्टराई सद्स्यहरुमा हरिकृष्ण तिम्सिन , यादब प्रसाद रिमाल, नितेस कटुवाल, श्रबण कुमार ताजपुरिया, खगेन्द्र सिग्देल, उमेश बस्नेत तथा महिला सदस्यहरुमा गोमा थापा र रेखा कुमारी ताजपुरिया लाई सर्वसम्मतिले चयन गरिएकोछ ।

कार्यक्रम मा एक नम्बर प्रदेश नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष तथा झापा माहासङ्घ अध्यक्ष बुद्धिमान कार्की; झापा एनएनटिए उपाध्यक्ष द्रोण श्रेष्ठको उपस्थिथि रहेको थियो ।