नि:शुल्क आँखा शिबिरमा भेट्टिए मोतियाबिन्दुका नौ बिरामी

पढ्न समय: 1 मिनेट

चैत २८ गौरीगञ्ज । गौरीगञ्ज १ स्थित महाभारा स्वास्थ्य चौकीमा आयोजित एक दिने निशुल्क आँखा शिबिरमा मोतियाबिन्दुमा ९ जना बिरामी फेला परेका छन् । उनिहरुलाइ मोतियाबिन्दुको निशुल्क शल्यक्रियाका लागि बिर्तामोड पठाइएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जमा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।

- Advertisement -
Ad image

गौरीगञ्ज गाउँपालिकाको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा भएको निशुल्क आँखा शिबिरमा २ सय २ जना आखाका रोगीहरुले स्वास्थ्य सेवा पाएका छन् । मेची आँखा अस्पताल बिर्तामोडका नेत्र बिशेषज्ञ कबिता कार्कीको नेतृत्वमा आएको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्