मदन राजवंशी मनप्रीत ।

माघ १३, गौरीगञ्ज । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार गौरीगञ्जको जनसंख्या ३६ हजार ५८ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो । प्राथमिक तथ्यांक अनुसार गौरीगञ्जमा महिलाको संख्या १८ हजार ९ सय ६९ पुगेको छ भने पुरुषको संख्या १७ हजार ८९ मात्र रहेको छ ।

तथ्याङ्क अनुसार गौरीगञ्जमा पुरुषको तुलनामा महिलाको संख्या १ हजार ८ सय ८० जनाले बढि रहेको छ । थ्याङ्क लाई प्रतिशत मा बदल्ने हो गौरीगञ्जको कुल जनसंख्याको ५२.६० प्रतिशत हिस्सा महिलाले ओगटेको छ भने कुल जनसंख्याको ४७.४० प्रतिशत मात्र रहेको छ ।

नयाँ तथ्याङ्क अनुसार गौरीगञ्जमा परिवार सँख्या ८ हजार ७ सय १२ पुगेको छ ।

यस अघि २०६८ को जनगणना अनुसार गौरीगञ्ज खजुरगाछी कोरोबारी र महाभारा गाबिस मिलि बनेको गौरीगञ्ज गाउँपालिकाको कुल जनसंख्या ३३ हजार ३२ रहेको थियो भने गाउँपालिका ले आर्थिक वर्ष २०७५ / ०७६ मा सर्वेक्षण गरेको गाउँपालिका को पार्श्वचित्र को तथ्याङ्क अनुसार गौरीगञ्जको कुल जनसंख्या ३६ हजाहर १ सय ४५ रहेको थियो । जस अनुसार पुरुषको संख्या १८ हजार ४ सय ५० र महिलाको संख्या १७ हजार ६ सय ९५ रहेको थियो ।

२०६८ सालको तथ्याङ्क सँग अहिले को नयाँ तथ्याङ्क तुलना गर्ने हो भने गौरीगञ्जको जनसंख्या ३ हजार २६ जनाले बृद्धि भएको देखिन्छ भने २०७५ / ०७६ को सर्वेक्षण को तथ्याङ्क अनुसार ८७ जनाले जनसंख्या घटेको देखिन्छ ।

जिल्लाको तथ्याङ्क हेर्नुहोस

झापा २०७८