दसैँको बिदा अबधि भर गौरीगञ्ज अस्पतालमा आकस्मिक सेवा सञ्चालन हुने

पढ्न समय: 2 मिनेट
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

असोज २३ गौरीगञ्ज । बिगत पाँच महिना देखि बन्द रहेको गौरीगञ्ज आधारभुत अस्पतालको आकस्मिक सेवा इमरजेन्सी सेवा सुचारु हुने भएको छ । दसैँ तिहार जस्ता चाँडबाडमा हुन सक्ने स्वास्थ्य सँबन्धी भबितव्य घटनाहरुलाइ मध्य नजर गरि दशै बिदाको अबधि भरका लागि २४ घण्ट आकस्मिक सेवा सुचारु गर्न गौरीगञ्ज गाउँपालिकाले अस्पताल प्रशासनलाइ निर्देशन दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा द्वारा हस्ताक्षरित पत्रमा बिजया दशमि दीपावली र छठ पर्व जस्ता नेपालीहरका चाँडपर्वका समयमा मानिसहरु बिरामी हुने सँभावना बढि हुने हुनाले गाउँपालिका स्तरिय निर्णय अनुसार दशै बिदाको अबधि भरका लागि आकस्मिक सेवा सुचारु गरी आम नागरिकलाइ नियमित स्वास्थ्य सेवा प्रदान गर्न आलोपालो रोष्टर तयार गरि उक्त समयाबधी भर आकस्मिक सेवा सुचारु गर्न आवश्यक ब्यवस्था मिलाउनुहुन आदेश अनुसार जानकारी गराइन्छ भनिएको छ ।
दशैको बिदा शुरु हुने अघिल्लो दिन आज सो निर्देशन जारी भएपछी केहि अस्पतालका केहि कर्मचारीहरु र अस्पताल ब्यवस्थापन समितिका केहि सदस्यहरुले समितीको बैठक नै नबसि त्यस्तो निर्देशन जारि भएको भन्दै त्यसको बिरोध जनाएका थिए । यद्यपी गाउँपालिकाबाट आदेश जारी भइसकेकाले भोलि बिहिबार देखि २४ घण्टे सेवा सुचारु गर्ने तयारी भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । सवास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रका अनुसार कोरीया भ्रमणमा रहेका गाउँपालिका अध्यक्ष तथा अस्पताल ब्यवस्थापन समिती सँयोजक फुलबती राजवँशी र उपाध्यक्ष पुजन न्यौपाने कुँवर दुबै जनाबाट अस्पतालको २४ घण्टे सेवा सुचारु गर्न निर्देशन भए बमोजिम सेवा शूरु गर्न तयारी भएको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्