‌दमक नगरपालिकाको प्रमुखमा राप्रपाका थापा बिजयी

दमक नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेद्वार बनेका रामकुमार थापा नगरप्रमुखमा निर्बाचित भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित भएको हो ।

नगर प्रमुखमा निर्वाचित थापाले १७५२५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उम्मेद्वार गीता कुमारी पाौडेल अधिकारीले १७०७२ मत प्राप्त गरेका छन् । थापा र अधिकारीको मतान्तर ४५३ रहेको छ ।

यता उपप्रमुख पदमा निर्वाचित भट्टराईले १६९६६ मतन प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेद्वार अम्विका प्रसाद खनालले १६५७४ मत प्राप्त गरेका छन् । उपप्रमुख पदमा भट्टराई र खनालको मतान्तर ३९२ रहेको छ ।

वडा तर्फभने दमक १ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का तर्फबाट हरि प्रसाद न्यौपाने, २ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का तर्फबाट प्रजापति सापकोटा, ३ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का तर्फबाट नवीन वरााल, ४ मा नेपाली कांग्रेसका पुण्य प्रसाद दाहाल निर्वाचित भएका छन् भने दमक नगरपालिका वडा नम्वर ५ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का इन्द्र वहादुर गुरुङ, ६ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का टेकवहादुर थापा , ७ मा राष्ट्रिय प्रजाातन्त्र पार्टीका भीम प्रसाद पौडेल, ८ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का धर्म प्रसाद दाहाल, ९ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का कुवेर प्रसाद भट्टराई र वडा नम्वर १० मा नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद भण्डारी निर्वाचित भएका छन् । दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसंग गठबन्धन भएको थियो । जसमा नेपाली कांग्रेसले प्रमुख पद राप्रपालाई दिएको थियो भने उपप्रमुख पद नेपाली कांग्रेसले लिएको थियो । जसका कारण दुवै पद गठबन्धनले हात पारेको हो । योसँगै दमकमा एमालेको लामो समयदेखिको विरासत ढलेको छ ।

अघिल्लो लेखमासुनबर्सिमा बिजयी जुलुस मनाउने क्रममा घाइते भएका मध्ये १ को मृत्यु
अर्को लेखमारंगेली तनावग्रस्त