पुष २ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका बडा नं ३ स्थित गौरीगञ्ज बहुमुखि क्याम्पसको २९औ बार्षिकोत्सव बिहिबार सम्पन्न भएको छ । बार्षिकोत्सव को अबसरमा क्याम्पस सञ्चालनका लागि लामो समय देखि बिभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने ३ जनतालाइ सम्मानित गरिएको छ । सम्मानित हुनु हुने नर प्रसाद पाठक, सुरेन्द्र मुर्ति पन्त र नारायण अटललाइ गौरीगञ्ज गाउँपालिका का अध्यक्ष तथा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष बाबुराजा श्रेष्ठ र ब्यवस्थापन समितिका सदस्य अमरदास शिवाकोटीले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेकाछन् ।


कार्यक्रममा क्याम्पस प्रमुख सर्वत लाल राजवंशी ले बार्षिक प्रतिवेदन र आगामी बर्षको अनुमानित बजेट प्रस्तुत गरेका थिए । आगामी वर्षका लागि रु १ करोड ४८ लाख २८ हजारको अनुमानित बजेट सार्वजनिक गर्दै क्याम्पस प्रमुख राजवँशीले क्याम्पस का केहि महत्वकाँक्षी योजनाहरु समेत प्रस्तुत गरेका थिए । क्याम्पस हाताभित्र को सडक र सभाहल निर्माण देखि लिएर स्नातकोत्तर तह सम्मको कक्षा सञ्चालन गर्ने जस्ता करिब २ दर्जन महत्वकाँक्षी योजनाहरु प्रस्तुत गरिएको थियो ।
कोभिड १९ को‌ महामारीका कारण परीक्षा ढिलो गरि सञ्चालन भएको र केहि तह र सँकायको परीक्षा हुन बाँकी रहेको तथा परीकमषा भइ सकेको तह र सँकायको समेत नतिजा नआइसकेका ले यस पटक को बार्षिकोत्सव मा क्षात्रबृति बितरण नगरिएको र रिजल्ट आए पश्चात औपचारीक कार्यक्रम गरेर उत्कृष्ट तथा जेहेन्दार बिद्यार्थीहरुलाइ क्षात्रबृति बितरण गरिने कुरा समेत प्रमुख राजवँशी ले बताए ।
कार्यक्रममा बोल्दै ब्यवस्थापन समितिका सदस्य उमानाथ भण्डारी ले आफ्ना स्वर्गिय पिता हरिप्रसाद भण्डारी र माता बिष्णुमाया भण्डारी को स्मृतिमा रु ५० हजारको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।
व्यवस्थापन समिति अध्यक्ष तथा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ब्यवस्थापन समितिका अधिकाँश सदस्यको उपस्थिति नै थिएन । क्याम्पस ब्यवस्थापन समितिका २२ सदस्य मध्ये ९ जना सदस्य नै अनुपस्थित रहेका थिए । समापन मन्तब्य राख्दै अध्यक्ष बाबुराजा श्रेष्ठले क्याम्पस सँचालन लागि हरेक अवस्थामा गौरीगञ्ज गाउँपालिका को साथ र सहयोग रहने कुरा बताएकाछन् ।