मँसिर १ गौरीगञ्ज । मँसिर ४ गते हुन गइरहेको चुनाबमा झापा क्षेत्र नँ ५ क को प्रदेशसभा सदस्यका लागि एमालेका उम्मेद्वार हिकमत कार्की र काँग्रेसका उम्मेद्वार जीवन राइ बिच घमासान प्रतिस्पर्धा हुने देखिएको छ । गौरादह नगरपालिका निवानी दुबै उम्मेद्वार हाल कडा प्रतिस्पर्धाका साथ चुनाबि मैदानमा उत्रिएका छन् । यो क्षेत्रमा प्रदेश सभा सदस्य पदका लागि अन्य दल र स्वतन्त्र उम्मेद्वारहरुको केहि चहलपहल देखिएपनि चुनाबमा यहि दुइ उम्मेद्वार बीच प्रतिस्पर्धा हुने जनताको आम ठम्याइ छ ।
एमालेका उम्मेद्वार कार्की २०७४ सालको निर्वाचनमा समेत प्रदेश सभा सदस्यका लागि निर्वाचित भएका थिए । उनि प्रदेश नँ १ को शुरुको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए । यसपालि जित हात पारेमा उनि प्रदेश नँ १ को मुख्य मन्त्रीको दाबा गर्दै यस पटकको चुनाबी अभियानमा छन् । त्यसैगरि काँग्रेसका उम्मेद्वार राइ चुनाबी प्रतिस्पर्धामा नयाँ अनुहार हुन । पुराना नेताहरु बाट केहि हुन्न अब नयाँहरु बाट परिवर्तन सँभव छ भन्ने तर्कका साथ उनि चुनाबी मैदानमा होमिएका छन् । राइले गौरीगञ्जको सीमा नाकाहरु सँग जोडिएका सडकहरुको स्तरोन्नती फतेपुर मा भन्सार स्थापना तथा गौरीगञ्जको नयँ सहरीकरण लगायतका चुनाबी एजेण्डाहरु अघि सारेका छन् । कार्कीले आफ्नो कार्यकालमा प्रधानमन्त्री केपी ओलीसँग पहल गरि आफ्नो निर्वाचन क्षेत्रमा हुलाकी सडक निर्माण गरेको देखाउदै गौरीगञ्जलाइ स्मार्ट सीटीका रुपमा बिकास गरिने बताउदै चुनाबी अभियानमा लागेका छन् । चुनाबी प्रचारप्रसारको अन्तिम दिन सम्मको अबस्था हेर्दा अहिले दुबै उम्मेद्वार बराबरीको गतिमा गइ अघि बडिरहेका छन् । आम मतदाताहरुको मनस्थिती हेर्दा को जित्ने भन्ने कुराको आँकलन गर्न कठिन छ यो क्षेत्रमा । आज मध्य रातदेखि शुरु हुने मौन अबधि का बीच मतदातामा हुने उतार चढाबले जित कस्को पोल्टामा पर्ने भन्ने कुराको निर्क्यौल गर्ने आम बुझाइ छ ।