झापा गाउँपालिकामा एक बृद्धाको हत्या : परालले छोपेको अवस्था शब भेटियो

पढ्न समय: 1 मिनेट

हत्या गरेर गाईवस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेको अबस्थामा झापा गाउँपालिका वडा नं ६ की ८१ वर्षीया फूलमणि सोरेनको शव आज साँझ फेला परेको हो । घरका अरु सबै सदस्य मकै रोप्न गएका बेला फूलमणिको हत्या भएको हो ।

काम सकेर घर फर्किदा वृद्धा फूलमणिलाई नदेखेपछि खोजी गर्नेक्रममा डुँडमा परालले छोपेर राखेको अबस्थामा उनको शव फेला परेको थियो । मृतकका ज्वाइँले डुँडको पराल हटाउन खोज्दा बृद्धाको शव देखेको झापा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष नवीनकिशोर थापाले बताए ।

- Advertisement -
Ad image

मुढामा बसेर तोरीको साग केलाउँदै गर्दा ती वृद्धालाई फरुवाले हानेर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । फरुवा घटनास्थलमा फेला परेको छ । प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान गरिरहेको वडाध्यक्ष थापाले जानकारी दिए । घटनामा संलग्न भएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्