झापामा सोमबारदेखि ईन्धनको आपुर्ति सहज हुने

पढ्न समय: 1 मिनेट

विर्तामोड । झापामा देखिएको पेट्रोलिय पदार्थको समस्या सोमवारदेखि सहज हुने भएको छ । शनिवारदेखि झापामा पेट्रोलियम पदार्थको अभाव भइरहेको थियो ।

पश्चिम बंगालको निर्वाचनका कारण नाका बन्द भएपछि तेल आयातमा समस्या भएको नेपाल आयल निगम लिमिटेड शाखा कार्यालय चारआलीका प्रमुख मनिष नेउपानेले जानकारी दिए । उनले नाका बन्द र डिजिटल विलिङका कारण तेल आपुर्ति नहुँदा अभाव भएको बताए । शनिवार ठिकठिकै थियो, नेपाउनेले भने – ‘आइतवार अभाव नै भयो । सोमवारदेखि सहज हुन्छ ।’

- Advertisement -
Ad image

उनका अनुसार विराटनगरबाट समेत तेल आयात गरेर वितरण गरिएको छ । सोमवार नाका खुलेपछि ५५ वटा ट्याङ्कर तेल लिन भारत जाने नेउपानेले जानकारी दिए । उनले उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्