मँसिर २८ गौरीगञ्ज । कमिसनको लोभमा गौरीगञ्ज गाउँपालिकाले गौरीगञ्जबासी हरुको पहुँचमै नरहेको पत्रिकामा बिज्ञापन छाप्ने क्रम अझ रोकिएको छैन । पछिल्लो समय गौरीगञ्जका जनताका लागि गाउँपालिकाले जारी गर्ने जनहितको सन्देश मुलक बिज्ञापन बुटवल तथा काठमाण्डौको स्थानिय पत्रिकामा छापेर हजारौ रुपैया भुक्तानी गरेको पाइएको छ ।

गौरीगञ्ज दर्पणलाइ प्राप्त प्रमाण अनुसार गाउँपालिकाले बुटवल ६ रुपन्देहि बाट प्रकाशित हुने स्थानिय पत्रिका “जन सँघर्ष” साप्ताहिकमा गौरीगञ्ज बासीहरुका लागि जारी भएको जनहितको सन्देश मुलक बिज्ञापन प्रकाशित गरि रु १० हजार भुक्तानी गरेको छ । यो पत्रिका गौरीगञ्ज बासीको पहुचमा त कुरै छोडौ अधिकाँश बुटवलका जनताको पहुँचमा पनि नरहेको कुरा बुझिएको छ ।

बुलबल को पत्रिकामा भुक्तानी को

त्यसै गरि गौरीगञ्ज गाउँपालिकाले गौरीगञ्ज बासीको नाममा जारि अर्को जनहितको सुचना काठमाण्डौबाट प्रकाशित हुने स्थानीय पत्रिका “क्रसचेक” मासिकमा प्रकाशित गरेको पाइएको छ । यो पत्रिका पनि गौरीगञ्जबासीको पहुँचमा छैन । यो पत्रिका केहि थान प्रकाशित भइ काठमाण्डौका केहि कार्यालयहरुमा मात्र बितरण हुने गरेको छ । सो बिज्ञापन वापतको रु १० हजार रुपैया गौरीगञ्ज गाउँपालिकाले भुक्तानी गरेको प्रमाण बिल गौरीगञ्ज दर्पणलाइ प्राप्त भएको छ ।

काठमाण्डौ को पत्रिकामा भुक्तानी को बिल

पछिल्लो समय बिज्ञापनको नाममा गौरीगञ्ज गाउँपालिकाले मनपरी खर्च गर्न थालेको हो । गौरीगञ्ज गाउँपालिका भित्रैकै दर्ताबाला मिडिया हाउसहरु बिज्ञापन नपाएर आर्थिक सँकट झेलीरहेको बेला थोरी कमिसनको लोभमा गौरीगञ्जबासीहरुकै पहुचमा नरहेका पत्रिकाहरुमा बिज्ञापन छाप्न थालेको हो । । बिज्ञापन लगायतका बिलहरु कार्यपालिका बैठकमा पेश गर्न चलन नरहेको र सो बिज्ञापनहरुको भुक्तानी प्रमुख प्रशासकीय अधिकृतको तोक आदेशबाट हुने गरेको बुझिएको छ ।