छनौट चरणको दोश्रो खेलमा वडा नँ २ द्वारा वडा नं ५ पराजित

फागुन १६, गौरीगञ्ज – गौरीगञ्ज गाउँपालिका द्वारा आयोजित वडा स्तरीय क्रिकेट प्रतियोगिता मा वडा नँ २ द्वारा वडा नं ५ पराजित भएको छ ।

टस जितेर ब्याटिङ रोजेको वडा नं ५ ले ५६ रन बनाउदै ५७ रनको टार्गेट दिएका थिए । त्यसपछि जवाफि फिल्डमा उत्रेका वडा नँ २ ले ७.२ ओभरमै सो टार्गेट पुरा गरेका थिए ।

आजको खेलमा म्यान अफ दि म्याच वडा नं २ का अजय राजवंशी लाई घोषणा गरिएको छ । उनले २९ रन बनाएका थिए ।

यो जित सँगै वडा नं २ को भिडन्त वडा नं ३ सँग हुनेछ ।

अघिल्लो लेखमारंगेली मा आगलागी हुदाँ तीन घर जलेर नष्ट
अर्को लेखमाआन्दोलनकारीले जलाए पार्टी कार्यालय