जेठ ३०,गौरीगञ्ज । शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रमा भइरहेको बेथिति लाई रोक्न छड्के अनुगमन लाई तिब्रता दिइने कुरा गौरीगञ्ज गाउँपालिका का प्रमुख फुलबत्ती राजवंशी ले वताएकी छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सञ्चारकर्मी हरुको प्रश्नहरुको जवाफ दिदै प्रमुख राजवंशी ले सो कुरा बताएकी हुन् । उनले पालिका भित्र कार्यालय हरुबाट प्रवाह हुने सेवा बारे जनताहरुको गुनासो आफुले बनिरहेको र सोहि अनुरुप जनतालाई सेवा प्रवाहमा बेथिति देखिने कार्यालय वा अन्य क्षेत्रमा कडाई गरिने कुरा बताएकी छिन् । आफु नयाँ भएकाले सबै क्षेत्रको कुरा आफुलाई थाहा नभएकोले आम जनताले समस्या अबगत गराउन आग्रह गरेकीछिन् ।

त्यसैगरी उपप्रमुख पुजन न्यौपाने कुँवर ले पनि अनुगमन समिति आफ्नो सँयोजकत्वमा रहेकाले आफु कुनै पनि योजना वा सेवा क्षेत्र को अनुगमनमा दायाँ बायाँ नगर्ने कुरा बताएकी छिन् ।

आगामी बजेटको प्राथमिकता को बारेमा बोल्दै उपाध्यक्ष न्यौपानेले स्वास्थ्य, शिक्षा कृषि र खानेपानी लगायत खोलानाला नियन्त्रण को बिषयमा केन्द्रित रहेर यो बर्षको बजेट निति तथा कार्यक्रम निर्धारण गरिने कुरा बताएकी छिन् ।

कार्यक्रम मा वडा नं १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी, वडा नं २ का वडाध्यक्ष किनालाल राजवँशी,वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी, वडा नं ४ का वडाध्यक्ष, फेका गिरी र वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाई तथा कार्यपालिका सदस्य रिता तामाङ ले समेत बजेट निर्माण मा स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रित रहेर बजेट निर्माण गर्नुपर्ने मा जोड दिएका थिए ।

रिपोर्टर्स क्लब नेपाल मेची शाखाका सँयोजक सेखर सेढाईको सहजिकरण मा, सम्पन्न भएको साक्षात्कार कार्यक्रममा मा करिब १ दर्जन सञ्चारकर्मी हरुको उपस्थिति रहेको थियो ‌