फागुन ४, गौरीगञ्ज । गौरीगञ्ज ५ स्थित चिल्हारामा कोच ईतिहास र स्थानीय ईतिहास झल्काउने गरि महाबिर योद्धा चिल्ला रायको शालिक स्थापना गरिने भएको छ ‌ । चिल्ला रायको ५ सय १२ औ जन्मजयन्ती को अबसरमा सो कुराको घोषणा गरिएको हो । स्थानीय समाजसेवी कृष्ण राजवँशीले चिल्हारा स्थित चिल्हारा महाराज थानको छेउमा शालिक स्थापना का लागि १० धुरा जग्गा दिन गर्ने घोषणा गरेपछी आयोजकले सो स्थानमा राय को शालिक स्थापना गर्ने भएको हो ।

राजवँशी समाज बिकास समिति झापाको आयोजना र गौरीगञ्ज कार्य समिति को सहआयोजनामा आयोजित महाबिर चिल्ला रायको जन्म जयन्ती कार्यक्रम मा सो घोषणा गरिएको हो ।

१६ औँ सताब्दीमा कोच साम्राज्यले जन्माएको बिर योद्धा चिल्ला रायको इतिहास सँग चिल्हारा गाउँको सम्बन्ध रहेको कुरा ईतिहासकार पानीलाल राजवँशीले बताएका छन् ।

राजवंशी समाज बिकास समिति झापा का सभापति दिनेश्वर राजवंशी को सभापतित्व र राजवंशी समाज बिकास समिति का केन्द्रिय उपाध्यक्ष मोहन राजवंशी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको जन्मजयन्ती कार्यक्रम मा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान का सदस्य सचिव कमल राजवंशी, काँग्रेस नेतृ फुलवती राजवँशी, एकिकृत माओवादी नेता विद्यानन्द राजवँशी कोचिला गाभुर फ्रन्ट का सँयोजक अभय राजवँशी, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम लाई राजवँशी समाज बिकास समिति झापाका सचिब मुनीलाई राजवँशीले सहजिकरण गरेका थिए ।