असोज १३, गौरीगञ्ज । दसैं तिहार लाई लक्षित गरि गौरीगञजमा बजार अनुगमन गरिएको छ । ईलाका प्रसाशन कार्यालय, गौरीगँज गाउँपालिका, झापा उद्योग वाणिज्य संघ र ईलाका प्रहरी कार्यालय को सँयुक्त टोलिले गौरीगञ्ज र खजुरगाछी का पसल होटल हरु अनुगमन गरेका हुन् ।
बजार अनुगमन का क्रममा केहि पसलहरुमा म्याद गुज्रेको खाद्य सामग्री, किरा परेका पाउरोटी, कुहिन लागेका अन्न लगायतका सामग्री हरु फेला परेको र केहि पसल हरु प्यानमा दर्ता नभएको पाईएको कुरा उद्योग वाणिज्य संघ गौरीगञ्ज का अध्यक्ष मखना महतोले बताए ।

अनुगमन मा उपाध्यक्ष

पसलहरुमा फेला परेका म्याद गुज्रेको सामान र कुहिएको अन्न हरु ईलाका प्रहरी कार्यालय मा लगेर जनप्रतिनिधि हरुको रोहबरमा नष्ट गरिएको कुरा ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक जितेश दाहालले बताए ।

अनुगमन

प्यानमा दर्ता नभएका र अखाद्य सामग्री राखेर बेचबिखन गरिरहेका पसलहरुलाई पहिलो पटक सचेत गराएको र दोस्रो पटक यस्तै भेटे कारबाहि गरिने कुरा ईलाका प्रसाशन कार्यालय गौरीगञ्जका प्रमुख चुडामणि आपागाई ले बताएका छन् ।

गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर, वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी वडा नं ६ का वडाध्यक्ष बद्री नारायण यादव, गाउँपालिका का शाखा अधिकृत बिरेन्द्र खड्का, इलाका प्रशासन कार्यालय का प्रमुख चुडामणि आपागाई, उद्योग वाणिज्य संघ गौरीगञ्ज का अध्यक्ष मखना महतो, स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र, इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक जितेश दाहालल र उद्योग वाणिज्य संघ गौरीगञ्ज का कार्यालय सचिव रोशन यादव लगायतको टोलिले गौरीगञ्ज खजुरगाछी का १४ वटा पसल होटल हरुको अनुगमन गरेका थिए ।