चट्याङ लागेर गौरादहमा एक महिलाको मृत्यु

पढ्न समय: 0 मिनेट

चैत २७, गौरीगञ्ज । गौरादह–५ का चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार ४० वर्षीया मनमाया थापाको मृत्यू भएको हो ।

घर पछाडि काम गरिरहेकी थापा चट्याङ लागेर घाइते भएकी थिइन् । घाइते थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यू भएको दमक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई १ बजे चट्याङले हानेको थियो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्