चैत १० गौरीगञ्ज । लघुबित्तका कर्मचारीहरुको ज्यादती बिरुद्ध गौरीगञ्ज र आसपासका पिडित महिलाहरु पनि सँगठित हुन थालेका छन् । केहि दिन यता टोलटोलमा समुहका पिडित महिला हरु भेला भएर सँघर्ष समिती गठन गर्न थालेका छन् ।

शुक्रबार गौरीगञ्ज वडा नँ ३ र पानी ट्याँकी तथा गौरादह ८ स्थित दामाबारी टोलमा पिडित महिलाहरु भेला भएर सँघर्ष समिती गठन गरेका छन् । गौरादह ८ दामाबारीमा पुर्णबती मण्डलको सँयोजकत्वमा सँघर्ष समिती गठन गरिएको छ । समितीको उपाध्यक्षमा मसिनी मण्डल सचिबमा सकुन्तला मण्डल र कोषाध्यक्षमा इश्वरबती राजवँशी रहेका छन् । सो समितीमा २३ जना सदस्य रहेका छन् ।

त्यसै गरि गौरीगञ्ज ३ पानी ट्याँकीमा टँकमाया बिष्टको सँयोजकत्वमा सँघर्ष समिती गठन भएको छ । सो समितीको उपाध्यक्ष मा रामबती राजवँशी सचिब मा आशा कुमारी कार्की र कोषाध्यक्षमा सीता राजवँशी सहित अन्य ७ जना सदस्य चयन गरिएको छ । गौरीगञ्ज ३ मा यसोदा शर्माको सँयोजकत्वमा सँघर्ष समिती गठन गरिएको छ । सो समितीको उपाध्यक्षमा बबिता कोत सचिबमा कल्पना परियार र कोषाध्यक्षमा यमकुमारी श्रेष्ठ लाइ चयन गरिएको छ । सो समितीमा अन्य १० जना सदस्य छानीएका छन् । लघुबित्त पिडित सँघर्ष समितीका जिल्ला सँयोजक लुजा राइ तथा अभियन्ता राजेश राजवँशी लगायतको उपस्तितीमा सँघर्ष समितीहरु गठन गरिएको को । केहि दिन अघि खजुरगाछीमा समेत सँघर्ष समिती गठन भएको बुझिएको छ ।