गौरीगञ्ज दर्पणका सम्पादक राजवँशीको फेसबुक एकाउण्ट ह्याकरको कब्जामा

बैशाख १५, गौरीगञ्ज । गौरीगञ्ज क्षेत्रकै सबै भन्दा लोकप्रिय न्युज पोर्टल गौरीगञ्ज दर्पण डटकम का सम्पादक मदन राजवंशी मनप्रीत को पब्लिक फेसबुक एकाउन्ट ह्याक को प्रयास भएको छ । ह्याकर द्वारा लगईनमा शँकास्पद गतिविधि भएपछि मेटा ले सो एकाउन्ट लक गरेको छ ।

राजवँशीको फेसबुक एकाउन्ट गए राति ९ बजेदेखि लक भएको हो । सम्पादक राजवँवशी ले स्थानिय तहको चुनाव नजिकिँदै गर्दा आफ्नोे एकाउन्ट मार्फत जनतालाई सचेतना मुलक स्टाट्स लेख्दै आएका थिए ।

गौरीगञ्ज दर्पणको प्राबिधिक शाखाले उनको एकाउन्ट फिर्ता ल्याउने प्रयास गरिरहेको छ ।

अघिल्लो लेखमापपुलर भोट पाएर जितेका वडा सदस्य श्रेष्ठले दिए यसपाली स्वतन्त्र उम्मेदवारी
अर्को लेखमाउम्मेदवारको अन्तिम नामावली प्रकाशन : गौरीगञ्जमा तिन जनाले लिए उम्मेदवारी फिर्ता