
पुस २८ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाले पुरक बजेट पारित गर्दै १६ औँ गाउँसभा सम्पन्न गरेको छ । उपाध्यक्ष पुजन न्यौपाने कुँवरले प्रस्तुत गरेको सँसोधित पुरक बजेटमा २ करोड २८ लाख ३६ हजार ९ सय ८० रुपैया बराबरको २ दर्जन बढि नयाँ योजना समाबेश गरिएको छ भने १४ वटा भन्दा बढि योजनाहरु सँसोधन गरिएका छन् ।

आज आइतबार बिहान ११ बजेका लागि अधिवेशन डाकिएपनि मध्यान्ह १२ बजे तिर मात्र अधिबेशनको पहिलो बैडक शुरु भएको थियो । गाउँपालिका अध्यक्ष फुलबती राजवँशीको अध्यक्षतामा बसेको अधिबेशनमा उपाध्यक्ष न्यौपानेले पुरक तथा सँसोधित बजेट प्रस्तुत गरिसकेपछी वडा नँ २ देखि ६ सम्मका वडाध्यक्षहरुले वडाको तर्फबाट आ आफ्नो वडाको सँसोधित योजनाहरु छलफलका लागि प्रस्तुत गरेका थिए । वडा नँ १ का वडाध्यक्षको उपस्थिती नरहेकाले वडा नँ १ को सँसोधित योजना प्रस्तुत गरिएन ।
शुन्य समयमा बोल्दै गाउँसभा सदसय गँगा राजवँशीले बिषयगत समितीहरुको बैठक नियमित बस्न नसकेको तिर ध्यानाकर्षण गराएका थिए । आफु सुशासन तथा सँस्थागत बिकास समितीको सदस्यका नाताले पालिका भित्रका बेथितीहरुको सुधारकालागि सो समितीको बैठक बसि केहि सुझावहरु समेत कार्यपालिकामा पठाएकोमा सो कायन्वयन नभएको तिर समेत उनले ध्यानाकर्षण गराका थिए । उनले केहि ऐनहरु समेत सँसोधन गर्नु पर्ने बताए । पालिका भित्रका सार्वजनिक जग्गाहरुको खोजि गरि सँरक्षण गर्नका लागि समेत ऐन बनाउनु पर्नेमा कार्यपालिका त्यता तिर मौन रहेको उनले जिकिर गरेका थिए । उनले पालिका भित्र निर्माण भएका सडक तथा अन्य सँरचनाहरु समेत ब्यापारिहरुले अतिक्रमण गरेको तिर समेत सभाको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै गाउँसभा सदस्य सुशिल राइले सँसोधित बजेटमा अन्तर पालिका स्तरिय कर्मचारी खेलकुदका लागि रु ३ लाख बिनियोजन गरेकोमा आपति जनाएका थिए । उनले पालिका भित्रका खेलाडीहरुको सँरक्षण तथा प्रोत्साहन गर्नका लागि पर्याप्त बजेट र श्रोत साधन उपलब्ध गराउन नसकेको अबस्थामा कर्मचारीको खेलकुदको लागि रु ३ लाख बिनियोजन गर्नु न्याय सँगत नभएको जिकिर गरे । हाल पालिका भित्र जारि अध्यक्षकप प्रतियोगिता ब्यवस्थित पार्न नसकेको र खेलाडी तथा खेल सामग्री ब्यवस्थापनमा पालिकाले कन्जुस्याइ गरेको भन्दै यस प्रकारको पालिकाको चरित्रले गौरीगञ्जमा खेलकुदको बिकास हुन नसक्ने उनले दाबि गरे । उनले सँसोधित बजेटमा एम्बुलेन्सको इन्धनका लागि रु २ लाख थप गरि रु ११ लाख पुर्याएकोमा समेत आपति जनाएका थिए । एम्बुलेन्सले सुत्केरि महिला बाहेकका बरामी लाइ निशुल्क सेवा नदिएको र यो आफै आमदानीको श्रोत भएकाले एम्बुलेन्सका लागि पालिकाले इन्धन दिन नपर्ने बताए । त्यसै गरि एमबुलेनस अहिले नयाँ रहेकाले त्यसको मर्मत सँभारका लागि समेत सँसोधित बजेटमा रु ४ लागि बिनियोजन गरेकोमा असहमती जनाएका थिए ।
त्यस्तै गाउँसभा सदस्य नेत्र राजवँशीले महिलाले नेतृत्व गरेको पालिकामा नै महिला खेलाडीहरुलाइ भेदभाव गरेको तिर ध्यानाकर्षण गराएका थिए । उनले पालिकामा जारि अध्यक्षकप भलिबल प्रतियोगितामा पुरूष खेलाडी भन्दा महिला खेलाडीहरुको पुरस्कार राशि कम भएकोमा यसले महिला खेलाडीहरुको मनोबल घटेको कुरा बताए । त्यस्तै उनले बिभिन्न सामग्री खरिद प्रकृयामा कर्मचारीहरुले बेथिती निम्त्याएको र भौतिक निर्माणको प्रकृयामा समेत प्राबिधिकहरुले चित बुझ्दो काम नगरेको बताएका थिए ।
त्यस्तै दिउसो ३ बजेपछी शुरु भएको दोश्रो बैठकमा अधिकाँश वडाध्यक्षहरुको उपस्थिती नै थिएन भने कार्यपालिका सदस्य सन्तलाल ताजपुरियाले उपस्थिती खातामा हस्ताक्षर गरि पहिलो बेठकमा नबसि बाहिरिएका थिए । वडा नँ १ का ४ जना वडा सदस्यहरु भने ढिलो गरि अधिवेशनमा उपस्थित भएका थिए ।