पुस २ गौरीगञ्ज । गौरीगञ्ज बहुमुखी क्याम्पसको ३४ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार बिहान क्याम्पसको प्राङ्गणमा आयोजित बार्षिकोत्सवमा क्याम्पस प्रमुख भक्त भण्डारीले क्याम्पसको बार्षिक प्रतिवेदन तथा आय व्यय प्रस्तुत गरेका थिए ।
क्याम्पस मा एक हप्तादेखि शुरु भएको खेल सप्ताहका बिजयी प्रतियोगी हरुलाई पुरस्कार बितरण गरिएको थियो भने रामलाल गोल्छा धापिदेबी ट्रष्ट का प्रतिनिधि सन्तोष शर्माको उपस्थिति मा ट्रष्टका तर्फ बाट सबै सँकायका उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष फुलबती राजवँशी उपाध्यक्ष पुजन न्यौपाने कुँवर पुर्व अध्यक्ष बाबुराजा श्रेष्ठ सञ्चालक समिति का पुर्व अध्यक्ष श्याम ढकाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्