पुस २ गौरीगञ्ज । गौरीगञ्ज ३ स्थित गौरिगञ्ज बहुमुखी क्याम्पसले आफ्नो स्थापनाको ३१ औँ बार्षिकोत्सब मनाएको छ । एक हप्ता देखि बिभिन्न खेल प्रतियोगीता तथा कार्यक्रम गरेर आज शनिबार बार्षिकोत्सब सम्पन्न गरेको हो । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीले पानसमा बत्ती बालेर समापन समारोहको उद्घाटन गरेका थिए ।

क्याम्पसको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख सर्वतलाल राजवँशीले क्याम्पसमा प्लस टु चलाउने मान्ता हट्दै गएकोले अब क्याम्पसमा स्नातकोत्तर (एमए, एमएड) को कक्षा सञ्चालन नगरि नहुने कुरा बताएका छन् । स्नातकोत्तर कक्षा सञ्चालनको सम्बन्धन ल्याउन एक लाख ५० हजार भन्दा बढि रकम धरौटी राख्नु पर्ने बाध्यात्मक अबस्था रहेको र पछिल्लो पटक स्नातक तहमा वाणिज्य शास्त्रको सम्बन्धन ल्याउँदाको धरौटी रकम समेत तिर्न बाँकी रहेको कुरा स्मरण गराउँदै अब एमए एमएडको सम्बन्धन ल्याउन स्थानिय सरकाल लगायतलाइ पहल तथा सहयोग गरिदिन आग्रह गरेका छन् । उनले गत आर्थिक बर्षको रु १ करोड १२ लाख ४० हजारको आय ब्यय बिबरण सबर्बजनिक गर्दै चालु आर्थिक बर्ष को रु १ करोड ७० लाखको अनुमानित बजेट समेत प्रस्तुत गरेका छन् । बार्षिक कार्य योजना समितीका सम्योजक केदार ढुँगेलले चालु आर्थिक बर्षका लागि प्रक्षेपण गरिएका ३० वटा कार्य योजनाहरु प्रस्तुत गरेका थिए ।

बार्षिकोत्सबको अबसरमा क्याम्पसमा अध्ययनरत बिभिन्न तहका जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीहरुलाइ बिभिन्न ट्ष्ट तथा कोषको क्षात्रबृती समेत प्रदान गरिएको छ ।

क्षात्रबृती पाउने हरुको नामावली

त्यसैगरि बार्षिकोत्सबको अबसरमा आयोजित बिभिन्न प्रतियोगीताका बिजेता बिद्यार्थीहरुलाइ समेत पुरस्कार बितरण गरिएको छ । क्याम्पस ब्यवस्थापन समितीका अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा आयोजित समापन समारोहमा गाउँपालिका अध्यक्ष फुलबती राजवँशी उपाध्यक्ष पुजन न्यौपाने वडाध्यक्ष श्रवण गिरी गौरादह नगरपालिकाकी उपप्रमुख जलबर्षा राजवँशी जग्गादाताहरु तोरण ताजपुरिया दीपक श्रेष्ठ बेदनिधि न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

गत बर्ष को आय व्यय विवरण
चालु आबको अनुमानित बजेट
कक्षागत बिद्यार्थी हरुको अबस्था