मँसिर ४ गौरीगञ्ज । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि आज सम्पन्न भएको निर्वाचनमा गौरीगञ्जमा ६६ प्रतिशत मत खसेको छ । यो आँकडा सबै वडा का मतदान केन्द्र हरुको औसत आँकडा हो । गौरीगञ्ज दर्पण डटकम ले आज गौरीगञ्जका १५ वटा मतदान स्थल मध्ये ११ वटा मतदान स्थलमा पुगेर स्थलगत पर्यवेक्षण गरेको थियो ।

वडा नँ ३ स्थित गौरी आधारभुत बिद्यालय केन्द्रमा सामान्य अबरोध बाहेक पालिका भरिका सबै मतदान केन्द्रहरुमा शान्तपुर्ण बाताबरणमा मतदान सम्पन्न भएको छ ।

सो क्न्द्रमा केन्द्र क का मतदान अधिकृत पवन पोख्रेलको लापरवाहीका कारण बिहान प्रतिनिधि सभा को प्रत्यक्ष तर्फको मतपत्र दिनु पर्ने ठाँउमा प्रदेश सभा सदस्यको मतपत्र र प्रदेश सभाको मतपत्र दिनु पर्ने ठाउँमा प्रतिनिधि सभाको मतपत्र बितरण भएपछी २ घण्टा जति मतदान प्रकृया रोकिएको थियो । सर्वपक्षिय बैठकले उल्टो खसेकै ५१ वटा मत बदर गरि मतदान गरिसकेका हरुलाइ पुन मतदान गर्न दिने सहमती गरेपछी बिहान ११ बजेदेखि सो केन्द्रमा मतदान सुचारु भएको थियो । सो केन्द्रमा बेलुकी ६ बजेसम्म मतदान भएको थियो । त्यसै गरि वडा नँ ४ को सरस्वती प्राबि मतदान केन्द्रको केन्द्र ख मा सहायक कर्मचारी राजकुमार खवासको स्वास्थ्य अबस्था अचानक खराव भएपछी सो केन्द्रमा केहि बेर मतदान प्रकृया अबरुद्ध भएको थियो भने उनलाइ एम्बुलेन्सको ब्यबस्था गरि उपचारका लागि पठाइएको थियो ।