माघ १५, गौरीगञ्ज । सहिद दिवस को उपलक्ष्यमा गौरीगञ्ज गाउँपालिका ले माघ १६ गते सार्वजनिक बिदा दिने घोषणा गरेपनि गौरीगञ्जका निजि बिद्यालयहरुमा शुक्रबार बिदा भएन । हिजो माघ १५ गते गाउँपालिका ले वेबसाइट र फेसबुक मा सहिद दिवस को उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको सुचना जारि गरेका थिए ।
सार्वजनिक सुचना जारी भएपछी शुक्रबार बिद्यालय लाग्दै भनेर ढुक्क परेका अभिभावकहरु शुक्रबार बिहान स्थानिय बोर्डिङ स्कुल बसकाहरु कुद्न थालेपछी दोधारमा परेका थिए । बिहान ९ बजे तिर गौरीगञ्ज क्षेत्र का सबै निजि बिद्यालयका स्कुल बसहरु कुद्न थालेपछी अभिभावकहरुले गौरीगञ्ज दर्पण डटकम लाइ फोन गरेर बिदा बारे आधिकारिक सुचना जारि भए नभएको जानकारी मागेका थिए ।
निजि बिद्यालय हरु को छाता संगठन प्याब्सन गौरीगञ्जका अध्यक्ष कमल राजवँशीले सहिद दिवस को बिदा बारे आफुलाइ कुनै जानकारी नभएको बताए । स्थानिय बिदा दिइएको कुनै जानकारी आएको छैन, शिक्षा शाखाले पत्रै नभएपनि फोनै मार्फत जानकारी गराइदिए हामी त्यहि हिसाबले सुचना जारी गर्थ्यौ- उनले भने ।
गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिति अध्यक्ष दिपेन्द्र थापाले हस्ताक्षर गरेर बिदाको सुचना जारी गरेपनि उनकै पारीवारिक स्वामित्व मा रहेको ज्ञानोदय आवासिय माविले समेत गाउँपालिका को बिदाको सुचना नटेरेको कुरा एक अभिभावक गँगा राजवँशीले बताए