चैत ३० गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ५ को कार्यालय ले मनपरी निर्णय गर्दै बजेट खर्च गर्ने थालेपछी स्थानिय हरुले सो को बिरुद्ध न्यायिक समिति मा उजुरी दिएका छन् ।
झापा मोरङ का सबै आदिवासी हरुको एकताको प्रतीक का रुपमा रहेको सिरुवा पर्वको लागि गन्गाई समुदायलाई मात्र लक्षित गरि बजेट बिनियोजन गरेको प्रति असन्तुष्टि जनाउदै स्थानिय हरुले उजुरी दिएका हुन् । झापा र मोरङ मा ताजपुरिया, राजवँशी, गन्गाई, बडहि, कुमाल, लगायतका जातजाति हरुले साझा पर्वको रुपमा सिरुवा पर्व मनाउदै आएका छन् । तर वडा नँ ५ को कार्यालय ले चैत २४ गते एक सुचना प्रकाशित गरि “सिरुवा पर्व र गन्गाई जातिको बिशेष पर्व ” शिर्षकको योजनाको उपभोक्ता समिति गठन गर्ने भनि सुचना प्रकाशित गरेका छन् ।
चैत २४ गतेको मिति मा प्रकाशित सुचनामा सुचना प्रकाशित भएको भोलिपल्ट नै २५ गते समिति गठन गरिने कुरा उल्लेख गरेका छन् । जबकि गौरीगञ्ज गाउँपालिका ले राजपत्रमा प्रकाशित गरेको उपभोक्ता समिति गठन सँबन्धी नियमावली मा उपभोक्ता समिति गठन गर्नु भन्दा कम्तीमा एक हप्ता अगाडि सो समिति गठन सँबन्धी सुचना प्रकाशित गर्नु पर्ने नियम छ ।
गाउँपालिका ले आफैंले वनाएको नियम बिपरित सो सुचना प्रकाशित गरि चैत २५ गते रमेश कुमार सिँह गन्गाई को अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ ।
सो समिति गठन प्रक्रिया मा समेत त्रुटि देखिएको छ । वडा नँ ५ को कार्यालय को रेकर्ड अनुसार चैत्र २५ गते वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाई बिदामा बसेको देखिन्छ । तर सो समिति गठन गर्दाको माईन्युटमा वडाध्यक्ष विजय सिंह गन्गाई को अध्यक्षतामा बैठक बसि समिति गठन गरिएको भन्ने उल्लेख छ । माईन्युटमा वडाध्यक्ष बिजय सिँह गन्गाई को अध्यक्षतामा बैठक बसेको भनिएपनि माईन्युटमा भने वडाध्यक्ष गन्गाई को हस्ताक्षर नै छैनन । सो दिन कार्यबाहक वडाध्यक्ष को जिम्मेवारी वडा सदस्य देवनारायण गन्गाई रहेको बुझिएको छ ।
२५ गतेको भेलाले सिरुवा पर्व र गन्गाई जातिको बिशेष पर्व योजना शिर्षकमा रमेश कुमार सिँह को अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरि रु ५० हजार रुपैया विनियोजन गरिएको छ । गाउँपालिका कै ऐन अनुसार कुनैपनि उपभोक्ता समिति गठन गर्दा समिति मा समावेशीको सिद्धान्त अनुसार ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ तर सो समिति मा एक जना महिला मात्र राखिएको छ ।
गाउँपालिका वा बडाको कुनैपनि योजनाको उपभोक्ता समिति गठन भए पछी अनुगमन बाहेक योजनाका सँपुर्ण जिम्मेवारी समिति लाई नै दिनुपर्ने नियम छ । सो नियम अनुसार सो योजनाका उपभोक्ता समिति अध्यक्ष रमेश कुमार सिँह ले उपभोक्ता समिति को लेटर प्याड मा सिररुवा पर्वको कार्यक्रम को निमन्त्रणा पत्र बाड्नु पर्ने हो । तर सो नियम बिपरित यस योजनाका लागि उपभोक्ता समिति गठन भइसक्दा समेत कार्यवाहक वडाध्यक्ष देवनारायण गन्गाई ले वडा कार्यालय को लेटर प्याड दुरुपयोग गर्दै वडा कार्यालय को लेटर प्याड मा सो कार्यक्रमका लागि निमन्त्रणा पत्र लेखेर बाडीरहेको पाईएको छ ।
स्थानिय हरुको उजुरी पछी न्यायिक समिति सँयोजक दिपेन्द्र थापा ले दुबै पक्ष लाई छलफलका लागि बोलाएको छ