बैशाख ९, गौरीगञ्ज । गौरीगञ्जमा सरकारी स्तर बाटै नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बीच गौरीगञ्ज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ ले आयुर्वेद का पिता धन्वन्तरी को फोटो मा टीका लगाएर र ब्यानर पढेर सेवा केन्द्र को बिधिवत रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटन

गौरीगञ्ज वडा नँ ६ खजुरगाछी स्थित पुरानो अस्पताल भवनमा सो आरोग्य सेवा केन्द्र स्थापना भएको हो । सो आयुर्वेदिक स्वास्थ्य केन्द्र बाट सेवा ग्राही हरुले आयुर्वेदिक पद्धति बाट निशुल्क उपचार सहित २३ प्रकारका विभिन्न आयुर्वेदिक औषधि हरु प्राप्त गर्न सकिने कुरा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र का कबिराज निरिक्षक टेकनाथ अर्याल ले बताए । उनले सो सेवा केन्द्र बाट योग औषधि र आहार विहार को माध्यम बाट समेत उपचार सेवा प्राप्त गर्न सकिने कुरा बताए ।

हाल सो आरोग्य सेवा केन्द्र मा बैद्य बिरेन्द्र कुमार यादव बाट आयुर्वेद उपचार सेवा लिन सकिने छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापा प्रमुख अनिलकुमार यादव को सभापतित्वमा र गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापा का कबिराज निरिक्षक टेकनाथ अर्याल, आधारभुत अस्पताल गौरीगञ्जका मेसु डा. बिनोद साह, जिल्ला स्वास्थ्य कार्यालय का डा. शिबेन्द्र यादव, प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्जका प्रमुख अनुप शर्मा लगायतको उपस्थिति रहेको थियो ।