असोज ३, गौरीगञ्ज । पछिल्लो समय गौरीगञ्जमा चोरीका घटना हरु दिनानुदिन बढ्दै गएको छ । गए राति गाैरीगंज ६ कन्चिरामा तीन घरमा चाेरी भएकाे छ । चोरले घरको भित्तामा सुरुङ खनेर चोरी गरेका छन् ।
स्थानीय मीना सरदार, महासेर आलम र सकुन्तला महतको घरमा चोरी भएको प्रहरीले जनाएको छ । सरदारको घरबाट नगद रु ३५ हजार, आलमको घरबाट नगद रु १ लाख सहित सुन तथा चाँदिका गरगहना र मोवाइल चोरी भएको छ भने महतोको घरबाट साईकल चोरी भएको कुरा पिडितहरुले जनाएका छन् ।

यस अघि भदौ २६ गते राति गौरीगञ्ज ६ खजुरगाछी स्थित दिलिप साहले सञ्चालन गरेको साक्षि किराना पसल र वडा नँ ५ जनता चोक स्थित जनता बाल बिकास प्राबिको ढोका फोडेर चोरी भएको थियो । साहको किराना पसलबाट ६० हजार मुल्य बराबरको एनसेलका रिचार्ज कार्ड लगायत केहि नगद चोरी भएको थियो । त्यसैगरि जनता बाल बिकास प्राबिको कार्यालयको ढोका फोडी चोरहरुले दुइ थान ल्यापटप र १ थान प्रोजेक्टर चोरेर लगेका थिए ।

भदौ १७ गते राती गौरीगञ्ज गाउँपालिका कार्यालय को अगाडी रहेको भगनारायण हजामको किराना पसलबाट रु १ लाख बराबरको चोरी भएको थिए । सञ्चालक हजामले नगद रु ७० हजार रु १० हजारको रिचार्ज कार्ड ५० प्याकेट चुरोट १० वटा खाने तेलको बोतल बदाम जुस लगायतका सामानहरु चोरी भएको दाबी गरेका थिए । त्यसैगरि गत २२ गतेको रात गौरीगञ्ज चोकमा रहेको पवन मेडिकल हलको पछाडीको झ्याल फोडी चोरहरुले पसलबाट नगद चोरी गरेका थिए । यस अघि भुपाल मोवाइल र बराल स्टोर को झ्याल फोडी नयाँ तथा पुराना मोवाइलहरु चोरी भएको थियो ।

चोरीका घटना हरु बढ्दै गएपछि ईलाका प्रहरी कार्यालय, झापा उद्योग वाणिज्य संघ लगायत सँघ सँस्था हरुले घटना नियन्त्रण का लागि छलफल समेत चलाएका छन् । गत भदौ २३ गते झापा उद्योग वाणिज्य संघ गौरीगञ्जले ब्यापारी र सुरक्षा कर्मी हरुलाई राखेर अन्तरक्रिया चलाएका थिए भने हिजो आईतबार ईलाका प्रहरी कार्यालय गौरीगञ्जले सुरक्षाकै बिषयलाई लिएर ब्यापारी तथा सँघ सँस्थाहरु सँग छलफल चलाएका थिए ।