चैत ८, गौरीगञ्ज । देशको राष्ट्रिय झण्डालाई गौरवको रुपमा लिने गरिन्छ । तर गौरीगञ्जको खजुरगाछी बजारबाट नेपालको राष्ट्रिय झण्डा चोरी भएको छ ।‌ खजुरगाछी बजारको महेन्द्र नगर चोकमा हुलाकी सडकको डिभाईडरमा राखिएको सात वटा राष्टिय झण्डा मध्ये गए राति २ वटा झण्डा चोरी भएको हो ।‌

झण्डाको डण्डी उखेल्न नसकेपछि चोरले बिचको दुइ वटा झण्डा को डण्डी नै बिच बाट काटेर लगेका छन् । झण्डा राखिएको स्थान बाट करिब २ सय मिटरको दुरीमा ईलाका प्रहरी कार्यालय छ । प्रहरी कार्यालय को नजिक बाटै झण्डा चोरिएको हो ।‌ गत फागुन ७ गते प्रजातन्त्र दिवस को अबसरमा गौरीगञ्ज सोसियल मिराकल फाउण्डेशन अगुवाइमा गौरीगञ्ज स्थानीय सरकारका प्रमुख उपप्रमुख हरुले ले सो स्थानमा सात वटा राष्टिय झण्डा फहराएका थिए ।‌

राष्ट्रिय झण्डा चोरिएको प्रति गौरीगञ्ज सोसियल मिराकल फाउण्डेशन ले दुख ब्यक्त गरेको छ । सामाजिक सञ्जाल मा लेख्दै फाउण्डेशन ले यस्ता अनैतिक कार्य गर्ने व्यक्ति लाई खोजी गरि नाम सार्वजनिक गर्न फाउण्डेशन ले प्रहरीको ध्यानाकर्षण गराएको छ ।

फागुन ७ गते को दृश्य