साउन २८ गौरीगञ्ज । गौरीगञ्जकी कृषाला भट्टराई अभिनित म्युजिक भिडियो “मुटु साट्यौ होला’ सार्वजनिक भएको छ। भट्टराईले यहि म्युजिक भिडियो मार्फत मोडलिङ क्षेत्रमा डेब्यु गरेकी छिन् । गौरीगञ्ज ३ कि उनि स्नोह्वाइट स्कुलकी क्षात्रा हुन् ।

त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियोमा कृषाला सँग मोडेल दिनेश कठायत ( काजी) र दिप्सन परियारले स्क्रिनसेयर गरेकाछन् भने म्युजिक भिडियो लाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका छन् ।

बादल थापाको भोकलमा रहेको गीतलाई निर्देशक मुलाल शिशिर कोइरालाले नै लेखेका हुन् भने सो गीतलाई सँगिताकार केशब सापकोटाले सँगितबद्ध गरेका छन् । गीतको म्युजिक भिडियो लाई काजी प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


हेर्नुहोस भिडियो –