गौरीगञ्जका वडाध्यक्ष हरुले अझै बुझाएनन् सरकारी मोटरसाइकल

पढ्न समय: 2 मिनेट

बैशाख ४, गौरीगञ्ज । निर्वाचन आचार संहिता लागु भइसक्दा समेत गौरीगञ्जका वडाध्यक्ष हरुले अझै सरकारी मोटरसाइकल प्रयोग गरिरहेका छन् । यद्यपि गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा ले केहि दिन पहिले र गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले आईतबार आफुले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल तथा स्कार्पियो गाडीको चाबी प्रमुख प्रशासकीय अधिकृत कृष्ण कार्की लाई बुझाएका छन् । गत चैत २५ गते मध्यरातदेखि निर्वाचन आचार संहिता लागु भएसँगै आगामी निर्वाचनमा उम्मेदवार हुन ईच्छुक वडाध्यक्ष लगायतका जनप्रतिनिधि हरुले सरकारी सवारी साधन प्रयोग गर्न पाईदैन ।

- Advertisement -
Ad image
आफुले प्रयोग गर्दै आएको सवारी साधन को चाबी प्रमुख प्रशासकीय अधिकृत लाई हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ

बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनाव मा अहिलेका बहालवाला सबै वडाध्यक्ष हरु उम्मेदवार का आकाँक्षी हुन् । आ-आफ्ना दलका तर्फबाट सबै वडाध्यक्ष हरुले वडाध्यक्ष पदमा दोहोरिन चाहेको आसय सहित उम्मेदवारी मा आफ्नो नाम पठाइसकेका छन् ।

आचार संहिता लागु भएसँगै वडाध्यक्ष लगायतका जनप्रतिनिधि हरुलाई विकास निर्माण लगायतका योजनाहरुको अनुगमन गर्ने रोक लगाईएको छ । यतिबेला अनुगमन को काम नभएको बेला वडाध्यक्ष हरुले सरकारी मोटरसाइकल पार्टी को बैठकमा जान तथा भोट माग्न जाँदा प्रयोग गरिरहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण कार्की का अनुसार अध्यक्ष र उपाध्यक्ष ले प्रयोग गर्दै आएको सवारी साधन गाउँपालिका लाई जिम्मा लाएपनि वडाध्यक्ष हरुले हालसम्म आफुले प्रयोग गर्दै आएको मोटरसाइकल जिम्मा लगाएका छैनन् ।‌

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्